संविधानसभा सदस्य दुर्गाजयन्ती राई भन्नुहुन्छ, “नेताले आयआर्जनको स्रोत बनाउनुपर्छ !”
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ मङ्सिर । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आउनुभएको छ । स्थानीय किसानले उत्पादन गरेका मकै, फापर–कोदोको, धान, तोरी तेल, राँगाको मासु, रायोको साग लगायत सङ्कलन तथा प्रशोधन गरेर बिक्री–वितरण गर्दै आउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यसमेत रहनुभएकी संविधानसभा सदस्य राईले वि.सं. २०७६ सालमा रु पाँच हजार लगानीमा २५ केजी मकैको च्याख्ला र दश प्याकेट गुन्द्रुक–सिन्की राखेर व्यवसाय सुरु गर्नुभएको थियो । नेता राईको पसलमा अहिले मकैको च्याख्ला, फापर–कोदोको पिठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडीदेखि हरियो सागसब्जीका साथै डालो÷नाङ्लोसम्मका कृषि उपज तथा सामग्री उपलब्ध छ ।
भूम...
