Friday, July 31

#

बाराको जीतपुरसिमराका बस्ती तथा टोल डुबानमा, धेरै मात्रामा भौतिक क्षति

#
बारा- अविरल वर्षाले गर्दा आएको बाढीले जीतपुरसिमरामा एक घर र कार बगाउनुका साथै पूरै बस्तीमा क्षति पुर्‍याएको छ ।वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ शान्तिटोलमा भाङ्ग्रे खोलाको बाढी बस्तीमा पसेको हो । स्थानीयले कारमा सबार यात्रुको उद्दार गरेका छन् । त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका-५ स्थित खाल्का टोल डुबानमा परेको छ ।अत्यधिक वर्षापछि आएको बाढीले सयौं घर रहेको बस्ती डुबानमा परेको हो । बस्ती डुबानमा परे पनि मानवीय क्षति भने भएको छैन  ।वर्षाले सोही वडामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प, स्वास्थ्य चौकी समेत डुबानमा परेको छ । अबिरल बर्षासंगै आएको बाढीले जीतपुरसिमराको सिमरा बजार, एयरपोर्ट रोड, पावर हाउस, नरबस्ती, बजनी जलमग्न बनेको छ । वर्षा रोकिएपछि बजार क्षेत्रमा आएको बाढी घटेको छ ।बर्षाले सडक जलमग्न भएपछि विद्यालयले आकस्मिक सूचना जारी गर्दै विद्यालय ब...

सुदूरपश्चिमको मौलिक गौरा पर्व आज बाट सुरु

#
कञ्चनपुर- सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने गर्दछ । एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ र  बिरुडा...

तनहुँ ऐनापहरा बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा

#
तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा हिजो भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताउनुभयो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै इलाका प्रहर...

देशभर मनसुनी वायुको प्रभाव यथावत

#
काठमाडौँ। मनसुनी वायुले  देशभरमा  प्रभाव पारी नै रहेको  छ  । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको ले मौसमी बायु को प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा ले जनाएको  छ । विभागले जनाए अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ  । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी ...

बालविवाहको समस्या गम्भीर बन्दै,भविष्यमा खतरा हुन सक्ने बिज्ञहरुको अनुमान

#
काठमाडौँ । कानूनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना, २०७८ को बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदनले ७४ हजार २७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो । यसले देशमा बालविवाहको समस्या गम्भीर रहेको देखाएको छ । तथ्यांकअनुसार २० देखि २४ वर्ष उमेर पुगेका विवाहित बालबालिकालाई सोधिएको विवाहको उमेर सम्बन्धी प्रश्नअनुसार १४.१ प्रतिशत उत्तरदाताले आफ्नो विवाह १८ वर्ष नपुग्दै भएको उत्तर दिएका छन् । जसमध्ये २१.९ प्रतिशत बालिका छन् । यसले प्रत्येक पाँचमध्ये एक बालिकाको १८ वर्षको उमेर नपुग्दै विवाह भइरहेको देखिएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को आयोजना तथा सेभ द चिल्ड्रेन र प्लान इन्टरनेशनलको सहयोगमा आयोजना गरेको 'बालबिवाह अन्त्य सम्बन्धी भए गरेको प्रयास र आगामी योजना'बारे सर...

महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार

#
 सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को बैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो । प्रतियोगितामा सहभागी अर्को टोली माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो । ...

सप्तरीमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

#
सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कन्चनरुप नगरपालिका १० बदगमामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटना स्थलमै एक र एक जनाको अस्पतालमा मृत्यु भएको छ । यसरी दुर्घटनामा मृत्यु हुनेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ३  का ४१ वर्षिय महेश कुमार मेहताको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउंँदै गरेको प्र १–०२–०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरी हरिनगरा गाउँपालिका ३ का ४२ वर्षीय जय प्रकाश मेहता गम्भीर घाईते भई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएको अबस्था ईसीजी गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डुण्डीराज न्यौपाने सञ्चारकर्मीलाई ...

टोखा -१ का ३७ किसानलाई उन्नत सयपत्रीको बिरुवा बितरण

#
स्वदेशी सयपत्री अभियानका अभियन्ता समाज सेवी श्री सुमन कुमार धिताल द्वारा यस वडा करिब ३७ जना किसानहरुलाई ७००० उन्नत सयपत्रीका बिरुवा बितरण गरिएको छ। करोडौंका भारतीय फुलको प्रतिस्थापनका लागि चितवनबाट सुरुगरिएको यो अभियान काठमाडौंमा पनि सुरु गरिएको जानकारी प्राप्त भएको छ। उक्त बिरुवा बितरण कार्यक्रममा चितवन सयपत्री अभियान्ता जिता बराल र टोखा नगरपालिका-६ को महिला उद्धमी शान्ता के शिको पनि उपस्थिति रहेको थियो। स्वदेशी फुल उत्पादन र खपद गरि नेपाली श्रमको सम्मान गर्दै, बर्सेनि करोडौ रुपैया भारत जानबाट रोक्न सकिने जानकारी अभियान्ता जिता बरालले बताउनु भयो। सयपत्री अभियान्ता सुमन कुमार धितालले यस पाली यस वडामा यो परिक्षण गरिने अर्को बर्ष व्यावसायिक उत्पानमा जोड दिईने र युवालाई सयपत्री संगै अन्य फुल १२ महिना उत्पादनका लागि प्राबिधिक सहित अन्य सहयोग गरिने जानकारी गराउनु भयो।...

एसइई को ग्रेड वृद्धि (पूरक) परीक्षा आजदेखि सुरु

#
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा आजदेखि सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको परीक्षा दिउँसो २ बजेसम्म चल्ने छ । २०८० साल चैत १५ गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका तथा अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिएका छन्। एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै 'एनजी' आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था थियो । सरकारले यस पटक अनुत्तीर्ण सबै परीक्षार्थीलाई मौका परीक्षा दिने व्यवस्था गरेको हो । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्...

सिस्नेरीमा सुमो दुर्घटना १० जना घाइते

#
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार बिहान भएको सुमो दुर्घटनामा दुई नेपालीसहित आठ भारतीय नागरिक घाइते भएका छन् । घाइते १० जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सवारी दुर्घटनामा सुमो चालक पर्सा वीरगञ्ज महानगरपालिका घर भइ ललितपुर बल्खु बस्ने ३३ वर्षीया जाकिर मिया र बारा आदर्श कोतुवाला गाउँपालिका–७ का औसान अन्सारी घाइते हुनुभएको हो । दुर्घटनामा काठमाडौँ महानगरपालिका–१४ कालीमाटीस्थित एउटै गारमेन्टमा काम गर्ने भारतीय नागरिक ५० वर्षीय सोभरती अन्सारी, ३० वर्षीय सुनिल राम, ३५ वर्षीय प्रदिप राम, ४४ वर्षीय मोहमद मुस्लिम, २४ वर्षीय अनिल राम घाइते हुनुभएको हो । त्यस्तै सुमो दुर्घटनामा भारत घर भइ हाल काठमाडौँ  तारकेश्वर नगरपालिका नेपालटार बस्ने ४० वर्षीय सन्तोष रन्जन, ६१ वर्षीय सतेन, २० वर्षीय अफरोज आलम घाइते हुनुभएको हो । घाइतेहरूको टाउको, शरीरका विभिन्न ...