माओवादी केन्द्र खोटेहाङ गाउँपालिका पार्टी अध्यक्षमा पुनः दीपेन थुलुङ
खोटाङ, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिको अध्यक्षमा पुनः दीपेन थुलुल दोहोरिनुभएको छ । माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कार्यसमितिको आज (बिहीबार) सम्पन्न दोस्रो पालिका सम्मेलनले थुलुङलाई दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिएको हो ।
सर्वसम्मत् चयन गरिएको ३५ सदस्यीय गाउँपालिका कार्यसमितिको उपाध्यक्षमा ईन्द्रहाङ किराँती र सुरेन्द्र अधिकारी, सचिवमा किरण राई, सहसचिवमा पारस राई र कोषाध्यक्षमा कमला विश्वकर्मा चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सम्मेलनका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काम्बाङले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ ।
सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता काम्बाङले नेपालमा श्रमजीवि वर्गको पार्टी नेकपा (माओवादी केन्द्र)मात्रै रहेको बताउनुभएको छ ...
