Friday, July 31

बायोग्राफी/अन्तर्वार्ता

जनयुद्ध दिवसमा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकामा सार्वजनिक विदा

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० माघ । जनयुद्ध दिवसको अवसर पारेर खोटाङको खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले फागुन–१ गते (भोलि) सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु, गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरु, स्वास्थ्य संस्था तथा मातहतका सम्पूर्ण सरकारी कार्यालयहरुमा भोलि (फागुन–१ गते) एक दिनका लागि सार्वजनिक विदा दिइएको हो । वि.सं. २०५१ फागुन–१ गतेबाट शुरु भएको दश वर्षे जनयुद्धको जगमा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै जनयुद्ध र जनयुद्धका शहीदहरुको सम्मानमा फागुन–१ गते सार्वजनिक विदा दिइएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेछ । गाउँपालिका अध्यक्षस्तरीय निर्णयको आधारमा जारी गरिएको भनिएको सूचनामा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई ‘मुक्ति’ र जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राई ‘दिक्षा’ले हस्ताक्षर गर्न...

माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमिति अध्यक्षमा दानबहादुर राई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिको अध्यक्षमा दानबहादुर राई चयन हुनुभएको छ । माओवादी केन्द्र नगर कार्यसमितिको गएराति सम्पन्न दोस्रो अधिवेशनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका निर्वाचित वडाध्यक्षसमेत रहनुभएका राईलाई सर्वसम्मत नगर पार्टी अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा वडा नं. १० पाथेकाका हात्तीराम राई, वडा नं. २ सोल्माका गङ्गाबहादुर विश्वकर्मा र वडा नं. ६ नेर्पाका शरद राई, सचिवमा वडा नं. ७ दोर्पा चिउरीडाँडाका डिल्लीराम खड्का ‘डिआर’, सहसचिवमा वडा नं. ३ बाम्राङकी सिर्जना राई र कोषाध्यक्षमा वडा नं. ४ खाल्लेकी सुवती राई चयन हुनुभएको छ । छपन्न सदस्यीय नगर कार्यसमितिको सदस्यहरुमा वडा नं. १ दिक्तेलबाट पार्वती आचार्य, तुलाराम विश्वकर्मा, रोहितकुमार सैँजू, टङ्कप्रसाद आचार्य, गोमा विश्वकर्मा र दीर्पनारायण ...

वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट पारित हुँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट कुनै पनि हालतमा पारित नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई आज (सोमबार) दिक्तेल बजारमा सम्बोधन गर्नुहुँदै नेता श्रेष्ठले अध्यादेशको विषयमा सत्ता पक्षकै नेताहरु असहत रहेको बताउनुभयो । नेपाल सरकारका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचन भएको समयमा चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र माओवादी केन्द्रको कार्यदिशा नभएको प्रस्टसमेत पार्नुभयो । “माओवादी केन्द्र जनताको पार्टी हो । जनताको हक, अधिकार र सुविधाका लागि सरकार, सदन र सडकमा लडिरहन्छ”, उहाँले भन्नुभयो, “माओवादी केन्द्रले क्रान्ति छाडेको छैन । प्राप्त उ...

माओवादी केन्द्र हलेसी तुवाचुङ नगरपालिका अध्यक्षमा राजुबिक्रम चाम्लिङ

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगर कार्यसमितिको अध्यक्षमा राजुबिक्रम चाम्लिङ चयन हुनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सम्पन्न माओवादी केन्द्रको दोस्रो अधिवेशनले चाम्लिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत् अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रदीप राई, प्रमोद गिरी र समिला बस्नेत, सचिव गण राई, सहसचिव दिनेश बुढाथोकी र कोषाध्यक्षमा लालबहादुर कार्की चयन हुनुभएको छ । पचपन्न सदस्यीय नगर कार्यसमितिको प्रवक्तामा सुजेन राई चयन हुनुभएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’, केन्द्रीय सदस्य अमेम्बर राई, जिल्ला सचिव सँगीन, सचिवालय सदस्यहरु आमोद, चयन्द्र राई लगायतको उपस्थिति रहेको थियो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मेथबहादुर राईले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएक...

माओवादी केन्द्र साकेला गाउँपालिका अध्यक्षमा उन्नत राई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) साकेला गाउँपालिका कार्यसमितिको अध्यक्षमा उन्नत राई चयन हुनुभएको छ । माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिको दोस्रो सम्मेलनले उन्नत राईको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन भएको गरेको हो । समितिको उपाध्यक्षमा भरत बस्नेत, गौतम राई र भोला फुयाल, सचिवमा गोविन्द तामाङ, सहसचिवमा सर्मिला भट्टराई कोषाध्यक्ष नीर चाम्लिङ चयन हुनुभएको छ । गाउँपालिका कार्यसमितिको सम्मेलन उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामुकुमार राई ‘पासाङ’, केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज ध्रुब बुढाथोकी ‘धिरेन’, प्रदेश अध्यक्ष हर्क नेम्वाङ ‘मिक्सो’, उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, प्रदेश सचिवालय सदस्य एवम् जिल्ला सहईन्चार्ज सुरेश राई, प्रदेश सदस्य एवम् जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, प्रदेश सदस्य एवम् दिक्ते...

नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुधबार साँझ सम्पन्न सङ्गठनको १२ औँ जिल्ला अधिवेशनले आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले जिल्ला कार्यसमितिको उपाध्यक्षमा बिनोद राई, महिला उपाध्यक्ष दिक्षिका शाक्य, सचिव गणेशप्रसाद आचार्य, उपसचिवमा सुवास राई र कोषाध्यक्षमा अगमसिं विश्वकर्मालाई चयन गरेको छ । उन्नाइस सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा सुशिला आचार्य, उषाकला राई, सिर्जना लुईटेल, वविता आचार्य (ढकाल), शंकर घर्तीमगर, हरिहर ढकाल, राजनप्रसाद दुलाल, राजु बस्नेत, मनोज बस्नेत, सुनिल दाहाल, अर्जुन ढकाल, दिनेश बस्नेत र रोशन श्रेष्ठ रहनुभएको छ । अधिवेशनले रेखा राई ‘क्षितिज’, पवन पोखरेल, सुशिला घिमिरे र सीताराम खतिवडालाई क...

प्रेस सेन्टर नेपाल १ नं. (कोशी) प्रदेश अध्यक्षमा राजन राई ‘समीप’ निर्वाचित

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १२ माघ । प्रेस सेन्टर नेपाल १ नं. (कोशी) प्रदेश अध्यक्षमा राजन राई ‘समीप’ निर्वाचित हुनुभएको छ । विराटनगरमा आज (शनिबार) बिहान सम्पन्न प्रेस सेन्टर नेपालको तेस्र्रो प्रदेश अधिवेशनको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी नवराज कट्टेललाई पाँच मतले पराजित गर्दै समीप अध्यक्षमा निर्वाचित हुनुभएको हो । समीपले ४१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित हुँदा कट्टेलले ३६ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ । अन्य सबै पदमा सहमति जुटेपनि अध्यक्षमा सहमति नभएपछि निर्वाचन गरिएको प्रेस सेन्टरले जनाएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी स्थायी घर भइ भोजपुरमा बसेर पत्रकारिता गर्दै आउनुभएका समीप प्रेस सेन्टर नेपालको दोस्रो प्रदेश अधिवेशनमा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । अध्यक्षका अर्का प्रत्यासी कट्टेल खुला उपाध्यक्ष हुनुहुन्थ्यो । तीन वर्षे कार्यकालका लागि चयन ग...

जनयुद्धमा बुबाआमा दुवै गुमाएका प्रतिक अखिल क्रान्तिकारीको महासचिवमा उम्मेदवार

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिनुभएको हो । बुबा शहीद दिलकाजी कार्की र आमा शहीद इन्दिरा कार्कीको कोखबाट वि.सं. २०५५ कातिक–१ गते जन्मनुभएका महासचिव पदका उम्मेदवार प्रतिक अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय समिति सदस्य हुनुहुन्छ । नेश्नल ल कलेज काठमाडौँमा स्नातकोत्तर अध्ययनरत प्रतिकले अखिल क्रान्तिकारीको महासचिव पदमा दिनुभएको उम्मेदवारीलाई निक्कै महत्वका साथ हेरिएको छ । नेपाल ल क्याम्पस काठमाडौँमा वि.सं. २०७२ सालमा बि.ए. एल. एल. बि. अध्ययनका...

अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूको उम्मेदवारी दर्ता

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूले उम्मेदवारी दर्ता गर्नुभएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यसमितिको निवर्तमान सचिवसमेत रहनुभएका खम्बूले यही माघ–१२ गते हुने राष्ट्रिय निर्वाचनका लागि उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । देशमा भइरहेको शैक्षिक बिकृति, बिसङ्गति तथा शैक्षिक दलालहरुको अन्त्य गर्दै शिक्षा क्षेत्रमा आमूल रुपान्तरण गर्नका लागि आफूले केन्द्रीय उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेको खम्बूले बताउनुभएको छ । “समग्र विद्यार्थी आन्दोलनलाई नयाँ रूपमा विकास गर्दै आजको समयमा थप विद्यार्थी आन्दोलनको औचित्य पुष्टि गर्नुछ । दश वर्षे महान जनयुद्धको जगमा भएको २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु खतरामा पर्दै गएको छ”, उपमहासचिव ...

माओवादी केन्द्र युवा विशेष महाशाखा १ नं. प्रदेशको अध्यक्षमा खोटाङका प्रभात राई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) युवा विशेष महाशाखा १ नं. प्रदेशको अध्यक्षमा खोटाङका प्रभात राई चयन हुनुभएको छ । काठमाडौँको बागबजारमा आज (शनिबार) सम्पन्न प्रथम प्रदेश सम्मेलनले राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् योङ कम्युनिष्ट लिग (वाईसियल)का वरिष्ठ केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ ‘कसम’को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा पर्शुराम धमला ‘अतीत’, सचिवमा अनुज खनाल खत्री, सहसचिवमा ज्ञानदीप राई र कोषाध्यक्षमा नमिता राउतलाई चयन गरेको छ । युवा विशेष महाशाखा १ नं. प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि गुरुङले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ । सम्मेलन उद्घाटन कार्यक्रमका वक्ताहरूले आफ्नो अधिकार प्राप्तिका निम्ति हरेक समस्याहर...