नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पसको अध्यक्षमा रविन सुनुवार
खोटाङ, २३ जेठ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पस खोटाङको अध्यक्षमा रविन सुनुवार चयन हुनुभएको छ । सङ्गठनमा आस्था राख्ने प्राध्यापकहरुको शुक्रबार भएको भेलाले सुनुवारलाई क्याम्पस इकाई समितिको अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिको सचिवमा श्यामकुमार राई र कोषाध्यक्षमा कल्पना राई चयन हुनुभएको छ । सदस्यहरुमा कृष्ण गुरुङ, बेदीकुमार राई, चित्रकुमार सुवेदी, लक्ष्मीकुमार राई र सुवाशचन्द्र राई रहनुभएको छ ।
क्याम्पस इकाई समितिको सल्लाहकारमा हर्कवीर राई र पदम विष्ट रहनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय महासचिव तीलक केसीको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय सदस्य दीपक पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङका अध्यक्ष भवकृष्ण ढ...
