सामुहिक रोपाइँमा जुटे राजनीतिक दलका भातृ सङ्गठन
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई
खोटाङ, १५ असार । राष्ट्रिय धान दिवसका अवसरमा खोटाङस्थित राजनीतिक दल निकट सङ्घ–सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका छन् । जिल्लास्थित विभिन्न राजनीतिक दल निकट युवा तथा किसान सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका हुन् ।
धान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसीएल नेपाल खोटाङमा आवद्ध युवाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित मीना पराजुलीको १० रोपनी खेतमा रोपाइँ गरेका छन् । वाईसीएल जिल्ला अध्यक्ष भूपेन्द्र राईको नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्यसहितका टोलीले जिल्ला उपाध्यक्षसमेत रहनुभएकी पराजुलीको खेतमा रोपाइँ गरेको हो ।
वाईसीएल नेपालको केन्द्रिय सर्कुलर बमोजिम जनशक्ति अभावमा बाँझिएका खेतमा रोपाइँ गरिएको वाईसीएल खोटाङले जनाएको छ । ‘धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित मनाइएको धान दिवसमा प्रायः युवा सहभा...
