‘शुभशेर राई स्मृति प्रतिष्ठान’द्धारा दुई शिक्षक र एक विद्यार्थी पुरस्कृत, छजनालाई सम्मान
खोटाङ, ५ भदौ । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने दुईजना जिल्ला उत्कृष्ट शिक्षक र एकजना विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरेको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट आज (बिहीबार) पुरस्कृत तथा सम्मान गरिएको हो ।
‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले हरेक वर्ष प्रदान गर्दै आएको ‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्कार–२०८२’बाट पञ्चकन्या माध्यमिक विद्यालय विजयखर्क मालाका पूर्वप्रधानाध्यापक प्रेमकुमार श्रेष्ठ र पञ्च माध्यमिक विद्यालय दिक्तेलका शिक्षक पदमप्रसाद आचार्य...
