Wednesday, June 3

Author: News हेर्नुस्

छ केजी सुन र ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिक पक्राउ

#
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ केजी सुन र  स्रोत नखुलेको ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिकलाई काठमाडौँ–६, बौद्ध तीनचुली बाट पक्राउ गरेको छ । चिनियाँ नागरिक सेराप ग्याल्मोलाई तीनचुली चारघरेस्थित डेराबाट आइतबार साँझ पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान कार्यालयले स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । ग्याल्मो सो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको पाइएको बोगटीले जानकारी दिनुभयो । ग्याल्मोले तस्करीको सुन खरिद बिक्री गर्ने गरेको पाइएको तथा सुन खरिद बिक्रीबापतको रकमसमेत अवैध रूपमा भुक्तानी युएसडिटी (क्रिप्टोकरेन्सी कारोबार अमेरिकी डलरमा) भुक्तानी प्रणालीबाट दिने गरेको खुलेपछि प्रहरीले निगरानी बढाएको थियो । यसै क्रमम...

भेरी नदिमा बगेर एक बालक बेपत्ता

#
भेरी नदिमा बगेर जाजरकोटका एक बालक  बेपत्ता भएका छन् । जिल्लाको नलगाड नगरपालिका ११ तल्लुका लोक बहादुर सिंहका छोरा  १६ वर्षका जलन सिंहको भेरीमा बगेर बेपत्ता भएका हुन । स्थानीय गणेश सिंहका अनुसार जन्मजात मानसिक रूपमा अपाङ्गता भएका जलनको  २ दिन अघि भेरी नदिमा बगेर  बेपत्ता भएको  र स्थानीय तथा प्रहरीको टोलीले खोज्दा समेत हाल सम्म शव प्राप्त गर्न नसकेको जानकारी दिनु भयो । जाजरकोटमा बर्सेनि भेरी नदिमा डुबेर ३० , ४० जना नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बर्सेनि ठुलो सङ्ख्यामा नागरिकहरू भेरी नदिमा डुबेर ज्यान गुमाउने समस्या समाधानका लागि पूर्व तयारी गर्नु पर्ने बताउनु हुन्छ ।...

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

#
सुर्खेत- सुर्खेत सदरमुकाम वीरेन्द्रनगर-११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । स्थानीय तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसासिएर वीरेन्द्रनगर-११, निवासी ३२ वर्षीय विद्याप्रसाद रेग्मी र ३१ वर्षीया लक्ष्मी कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अक्सिजन कमी भएपछि बेहोस भएका दुबै जनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्‍याइए पनि डाक्टरहरुले उनीहरुलाई मृत घोषणा गरेका थिए ।।...

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य

#
सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ। मन्त्रिपरिषद् बैठकले जेठ २४ मा गरेको निर्णय अनुसार पहिलो चरणमा २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताए। अहिले विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्ति समेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका तथा वडास्तरमा अभियान सञ्चालन गरिरहेको छ। उनका अनुसार विवरण दर्ता भइरहेको छ। पहिलो चरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएका जिल्लामा झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुष...

पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

#
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो । पहिरोले पुरिएर ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उहाँका कान्छी श्रीमती ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा छोरीहरू गङ्गा र जमुनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) का बाबु, कान्छी आमा र बहिनीहरू हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयबाट लुङगेलीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ...

युरोपियन फुटबल प्रतियोगिता आजदेखि सुरु

जनमत/प्रतिक्रिया
विश्वकपपछिको बहुप्रतीक्षित फुटबल मेला मानिने युरोपियन फुटबल प्रतियोगिता शुक्रबार अबेर राति जर्मनीमा सुरु हुँदै छ । आयोजक जर्मनीले स्कटल्यान्डसँगको खेललगत्तै युरो कप प्रारम्भ हुने छ । विश्वकपपछि यो फुटबलको सबभन्दा ठुलो मेला हो तर फुटबल विशेषज्ञहरू युरोपेली प्रतियोगितालाई विश्वकपभन्दा पनि प्राविधिक रूपमा उच्चस्तरको मान्छन् । युरोपेली टिमको खेलस्तर अन्य महादेशको भन्दा उच्च भएकाले यस्तो मानिएको हो । त्यसैले छनोट प्रतियोगितादेखि नै युरोपेली फुटबलको चर्चा हुने गर्दछ । युरो कप जर्मनीमा तेस्रो पटक आयोजना हुँदै छ । सन् १९८८ मा पश्चिम जर्मनीले पहिलो पटक युरो कपको आयोजना गरेको थियो । त्यसपछि सन् २०२० को संस्करणका केही खेल पनि जर्मनी आयोजक थियो । यसै गरी सन् २००६ मा जर्मनीले विश्वकप फुटबलको पनि आयोजना गरेको थियो ।...

टि-२० विश्वकपः क्यानडाद्वारा आयरल्याण्ड पराजित

#
अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टि-२० विश्वकप क्रिकेटमा क्यानडाले ऐतिहासिक जित हासिल गरेको छ । शुक्रबार राती भएको खेलमा टि-२० विश्वकप क्रिकेटमा एसोसिएट राष्ट्र क्यानडाले टेस्ट राष्ट्र आयरल्याण्डमाथि १२ रनको जीत निकालेको हो । टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । क्यानाडाका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके । उनले ३५ बलमा ३ चौका र २ छक्कासहित ४९ रन मात्र बनाउन सके । यस्तै श्रेयस मोभ्भाले ३६ बलमा ३७ रन बनाए । पर्गत सिंहले १८ रन जोडे । आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २-२ विकेट लिए भने जोशुवा लिटल र ग्यारेथ डिलेनीले १-१ विकेट लिए । जवाफमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जर...

अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजना पक्राउ

#
रुपन्देही- फार्मेसीमा बसेर अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३, रानिगाउँबाट संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसेर औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो । आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । अर्कैको नाममा दर्ता भए पनि केवट र आचार्यले आफ्नो अध्ययन भन्दा बाहिर गएर औषधि जस्तो नागरिकको स्व...

भन्सार छली गर्ने नौ जना सामानसहित पक्राउ

#
काठमाडौँ- प्रहरीले भन्सार छली गरी ल्याएका रु नौ लाख ७९ हजार मूल्यका सामानसहित नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली र ५० वर्षीय सेहेजात गुड्छु, उत्तर प्रदेशको मेरठका २६ वर्षीय हुसेन अब्बास र ३१ वर्षीय कोमी सलमान तथा रौतहटको चन्द्रपुर नगरपालिका–९ का ३८ वर्षीय दीपक दाहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२८ बागबजारमा भारतीय नागरिकले भन्सार छली गरेका लत्ता कपडा भण्डारण गरी अवैध रुपले कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले खानतलासीका क्रममा नौ जनाको साथमा रहेको २७ थान सेन्थेटिक झ...

 मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित

जनमत/प्रतिक्रिया
 मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित हुनुभएको छ । मेक्सिको सिटी निवासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उहाँले ५८ देखि ६० प्रतिशत मत प्राप्त गर्नुभएको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ । विशेष गरी दुई दर्जनभन्दा बढी आकाङ्क्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकोले महिला नेतृत्व पाएको छ । मतदाताहरूको सुरक्षाका लागि हजारौँ सैनिकहरू तैनाथ गरिएको थियो । शेबनामले प्राप्त गरेको मत प्रतिशत उहाँको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अङ्कभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अङ्क बढी हो । निर्वाचनमा अति हिंसात्मक लागूऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटपुट हिंसाका बाबजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिको भरिका मतदान केन्...