Wednesday, June 3

Author: News हेर्नुस्

प्रधानमन्त्री दाहाल र चीनका उपविदेशमन्त्री सुन वेइतोङ बीच शिष्टाचार भेट

जनमत/प्रतिक्रिया
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘...

देशका ६ वटै महानगरपालिकाको आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम र वजेट सार्वजनिक

#
काठमाडौँ- देशका ६ वटै महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र वजेट सार्वजनिक गरेका छन् । महानगरपलिकाहरुमा सबैभन्दा ठुलो आकारको वजेट काठमाण्डौ महानगरपालिकाले ल्याएको छ भने वीरगञ्ज महनगरपालिकाले चालु आर्थिक बर्षको भन्दा वजेटको आकार खुम्च्याएर ल्याएको छ । कानुनी व्यवस्था अनुसार देशका ६ वटै महानगरपलिकाले सोमबार आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गरेका हुन् । देशकै ठुलो काठमाण्डौ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२को लागि लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । स्थानीय स्रोत र साधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरिबी निवारण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने, समाजिक सदभाव र एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने र स्वरोजगार बनाइ विदेशीने दर घटाउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर काठमाण्डौले बजेट ल्याएको छ । बजेटमा ११ वटा मह...

तीन दिवसिय कार्यक्रम सहित बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

#
बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न भएको छ । तीन दिवसिय कार्यक्रमको आयोजना गरिएकोमा पहिलो दिनको कार्यक्रम योग जागरण र रक्तदान गर्न उत्प्रेरित गर्नका साथै दसौं अतर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा गरिएको प्रभातफेरि ता. न .पा  पतंजली योग समितिका अध्यक्ष चन्द्र सापकोटाबाट शुभारम्भ भएको थियो ।उक्त प्रभातफेरीमा सातवटा योग साधना केन्द्रका साधाक साधिका स्थानीयवासी स्थानीय प्रहरी , संचारकर्मीहरु उपस्तिथिमा भव्य रुपमा सम्पन्न भएको हो  । दोस्रो दिनको कार्यक्रम अन्तरगत असार ७ गते वार्षिकोत्सबका दिन ता.न.पा ४ को वडा सदस्य बिन्दु थापा सापकोटाको प्रमुख आतिथ्यमा योग अभ्यास, योग आसन खेलकुद , रचना वाचन , योग र दर्शनको प्रवचन , साथमा विभिन्न विशिष्ट व्यक्तिहरुको शुभकामनाकासाथ सम्पन्नभएको हो । तेस्रो दिनको असार ८ को कार्यक्रम अन्तरगत वृहत् रक्तदानको आयोजना गरिएकोमा तारकेश्र्वर न पा...

निरन्तर विष्णुमति सरसफाई अभियान सातौ हप्तामा

#
टोखा नगरपालिका द्वारा संचालित  विष्णुमति सरसफाई  महाअभियान सातौ  हप्तामा सम्पन्न भएको छ  । हरेक शनिबार संचालन हुने सरसफाई अभियान आज  पनि  नगरपालिकाको ग्रान्डी टावर नजिक फलामे पुल आसपास विष्णुमति नदि सरसफाई गरि सम्पन्न भएको हो । कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउन टोखा नगरपालिकाले  हरेक शनिबार विष्णुमति नदि सरसफाई गरदै आएको छ । सरसफाई अभियानमा नगरपालिकाका कर्मचारी तथा पदाधिकारी, वडाका जनप्रतिनिधिहरु, पूर्वजनप्रतिनिधिहरु,नगर प्रहरि, नेपाल आर्मी र सशस्त्र प्रहरी साहित्य क्षेत्रका व्यक्तिहरु  र   विभिन्न संघ संस्था तथा  स्थानीय नगरबासीहरुको  उपस्थिति एबं सहभागिता रहेको छ  । यो सरसफाईको महाअभियानमा  विभिन्न क्लव तथा फोहोर संकलन गर्ने  संस्थाहरुको समेत सक्रिय सहभागितामा रहदै  आएको छ । नगरपालिकाले गत बैशाख २० गते बसेको कार्यपालिका बैठक बाट निर्णय गरि यो अभियान शुभारम्भ गरेको थियो ।...

रिकार्डो ले आत्मघाती गोल गर्दा इटली पराजित

जनमत/प्रतिक्रिया
आत्मघाती गोल हुदा स्पेनले युरो २०२४ मा इटलीलाई १-० ले पराजित गरेको छ । गेलसेनकिर्चेनमा भएको खेलमा इटलीका रिकार्डो कालाफिओरीले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले अग्रता बनाएको थियो र त्यही गोल स्पेनको जितमा निर्णायक बन्यो । समूह बी मा लगातार दोस्रो जित निकालेको स्पेन एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनले पहिलो खेलमा क्रोएसियालाई ३-० ले पराजित गरेको थियो । इटलीको भने यो पहिलो हार हो । पहिलो खेलमा इटलीले अल्वानियालाई पराजित गरेको थियो । लगातार दुई जितपछि स्पेन ६ अंक जोडेर समूह बी को शीर्ष स्थानमा छ । हारपछि पनि इटली ३ अंकसहित दोस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । क्रोएसिया र अल्वानियाको दुई खेलबाट समान एक अंक छ । अब समूहको अन्तिम खेलमा स्पेनले अल्वानिया तथा इटलीले क्रोएसियासँग खेल्नेछ । स्पेन बाहेक बाँकी तीनवटै टोलीको नकआउटमा चरणमा पुग्ने सम्भावना बाँकी...

शैक्षिक गुणस्तर सुधारको लागि प्रधानाध्यापकसहित पदाधिकारीलाई क्षमता विकास तालिम

#
शैक्षिक गुणस्तर सुधारको योजना बनाइ कार्यान्वयन गर्न लागेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीका लागि क्षमता तालिम सञ्चालन गरेको छ ।  शैक्षिक गुणस्तर सुधार केन्द्रित बृहत् शैक्षिक सम्मेलन सम्पन्न गरेको केही समयपछि गाउँपालिकाले क्षमता विकास तालिम सञ्चालन गरेको हो । शैक्षिक गुणस्तर सुधारको योजनालाई मूर्त रूप दिन दुई दिने क्षमता विकास तालिम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।  अध्यक्ष वनेमका अनुसार गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षलाई सहभागी गराई तालिम सञ्चालन गरिएको हो ।  तालिम अर्थात् गोष्ठीमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय सरकारले साथ दिने र स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, अभिभावक...

बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा विशाल प्रभातफेरि सम्पन्न

#
बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा योग जागरण सम्बन्धी विशाल प्रभातफेरि सम्पन्न भयको छ । बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सबको तथा दशौ अन्तरास्ट्रिय योग दिवसको अवसरमा मनाउन लागिएको ३ दिवसिय कार्यक्रम अन्तर्गतको आज पहिलो दिनको कार्यक्रम योग जागरण सम्बन्धी प्रेभातफेरि तारकेश्र्व्रर नगरपालिकामा "बज्रयोगिनी साधाना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सफल भयको छ । गरौ योग- रहौ निरोग ,घर घरमा योग जन जन योग , महिला सशक्तीकरणका लागि योग , सबैका लागि योग सधैका लागि योग , रक्तदान जीवन दान ,लेखिएका प्लेकार्ड र योग जागरण सम्बन्धित ब्यानरहरु सहित सुरु गरिएको प्रभातफेरिको शुभारम्भ तारकेश्र्व्रर नगरपालिकामा पतन्जली योग समितीका अध्यक्ष चन्द्र सापकोटाले गर्नु भएको थियो । यस कार्यक्रम  सात वटा योग साधना केन्द्रहरु - अर्किड , स्वतभैरब , मिलन बस्ती , गुप्तेश्र्वर ,गोलढुंगा, सेक्रेड हार्ट र ता .न. ...

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

#
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको छ । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।...

बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

#
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीको प्रारम्भिक विवरण अनुसार दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी विभिन्न अस्पताल पुर्याएको छ । घटनास्थलमा उद्धारको काम जारी रहेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताउनुभयो । उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएका छन् । बिहीबार बिहान ६ः३० बजेतिर बागमती नगरपालिका १ स्थित रायमाझी चोकमा भैरहवाबाट जनकपुरका लागि छुटेको लु १ ख ८८४८ नम्बरको बस र सोही स्थानमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक (लहरी) ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको छ । तीनै जनाको घटनास्थलमा नै म...

काठमाडौँ उत्तरी क्षेत्रमा हुने शैक्षिक मेलाबाट ९ हजार विद्यार्थी लाभान्वित हुने

#
काठमाडौँको उत्तर भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि गर्न लागेको प्रथम उत्तरी क्षेत्र ‘शिक्षा मेला–२०८१’ मा करिब ९ हजार विद्यार्थी लाभान्वित हुने भएका छन् । उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन) को आयोजना तथा स्काइ भिजन फाउन्डेसनको संयोजनमा यही असार ७ गते शुक्रबार मेला आयोजना हुन लागेको हो । स्काइ भिजन फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन गरी माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका यस क्षेत्रका करिब ९ हजार विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका सञ्चालक सुनिल भट्टराईले उत्तरी क्षेत्रमा सञ्चालित विद्यार्थीको शैक्षिक उन्नयनका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिए । मेलामा विद्यार्थीले...