Wednesday, June 3

Author: News हेर्नुस्

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु

जनमत/प्रतिक्रिया
संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ बिहीबारबाट प्रदर्शनी औपचारिक रुपमा सुरु भएको हो । मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ । संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका हुन् । अध्यक्ष फ्रान्सिसले मिथिला चित्रकला प्रदर्शनीले आफुलाई गम्भिर बनाएको भन्दै मानवताको रक्षाका लागि विश्व एक भएर अघि बढ्नु पर्नेमा जोड दिए । प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागि हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै स्थायी नियोग प्रत...

बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड

भनाइ/विचार
सुनसरीको विभिन्न स्थानमा रहेको शिवालय तथा शिव मन्दिरहरुमा बोलबम सुरु भएको छ । साउन महिनाको पहिलो सोमबारबाट सुरु भएको भगवान शिवको पुजापाठ तथा सोमबार उपवास बस्नेहरुले नदी तथा जलासयबाट जल ल्याएर अर्पण गर्ने गरि बोलबम सुरु भएको छ । जिल्लामा बोलबम सुरु भएपछि सोमबार सप्तकोशी नदीको चतरा, राजाबास र कोशी व्यारेज क्षेत्रमा जल भर्नेहरुको भिड लागेको छ । हजारौंको सङ्ख्यामा बोलबम जाने भक्तजनहरुले स्थान गर्ने र जल लिएर आ आफ्नो क्षेत्रको शिवालयमा जानेहरु एकसाथ आएकाले कोशी नदीमा जल भर्नेहरुको भिड बढेको हो ।सप्तरीको बलुवा सहितको क्षेत्र र सुनसरीको भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकाको रामनगरभुटाहा विशाल मिथलेश्वर बाबाधाममा जल अपर्ण गर्नका लागि बोलबमका भक्तजनहरु एकसाथ कोशी नदीमा आएकाले जल भर्नेहरुको भिड बढेको कोशी ८ भाण्टाबारीका देवराज यादवले जानकारी दिनुभयो । त्यसैगरी इनरुवा ९ बबियाको शिव शक्ती मन्दिर र...

जेष्ठ नागरिक आवाजको लोर्कापण तथा योग र जेष्ठनागरिक विषयक बिचार गोष्ठी सम्पन्न

#
तारकेश्र्वर जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको जेष्ठ नागरिक आवाज लोकार्पण तथा योग र जेष्ठ नागरिक बिचार गोष्ठी मिलन बस्ती योग साधना केन्द्र बज्रयोगिनी योग साधना केन्द्र र पतन्जली योग समिति तारकेश्वरको सह आयोजनामा भव्य रुपमा सम्पन्न भयो । सस्थाका अध्यक्ष डा. बीरेन्द्र थपलियाको अध्यक्षता र आदरणीय  शिक्षाविद तथा  योगगुरु जगननाथ उपाध्यायको प्रमुख आतिथ्यतामा ,७ जना जेष्ठ नागरिक बुबा आमाहरु लाई सम्म्मान र अभिनन्दन गर्दै कार्यक्रमको उद्घाटन र जेष्ठ नागरिक आवाजको आठौ कृति लोकार्पण भयो । उक्त कार्यक्रम तारकेश्वर नगर पालिका — वडा नं.४ स्थीत कछुवा पार्टीप्यालेसमा सम्पन्न भएको हो । कार्यक्रका अध्यक्ष थपलियाले  कार्यक्रम उदेश्य माथी प्रष्ट पार्दै हामी  सबैजना जीवनको  उत्तरार्धमा जव प्रवेस गर्दछौ तब बुढौली लाग्दै  जान्छ  शरीर  कम्जोर  हुँदै जान्छ त्यति बेला अरुको सहाराको आवस्यकता पर्दछ यति बेला घरपरि...

कैलालीका पन्ध्र वटा विद्यालयमा एसइई परीक्षाको नतिजा शून्य

#
कैलालीका पन्ध्र वटा विद्यालयमा एसइई परीक्षाको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ । भजनीका राष्ट्रिय मावि पल्टुपुरबाट ३२ जना, महेन्द्र मावि पगियापसारबाट ३१ जना, सरस्वती मावि नवलपुरबाट २४ जना, राष्ट्रिय मावि महादेउलीबाट २४ जना, र राष्ट्रिय मावि ढुसीबाट २० जनाले एसइई परीक्षा दिएकोमा कुनै विद्यार्थी उत्तीर्ण नभएको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले जानकारी दिनुभयो । टीकापुर नगरपालिकाको राष्ट्रिय मावि सोनाफाँटा र त्रिभुवन मावि मौरनियाको नतिजा शुन्य आएको छ । त्रिभुवन माविबाट २६ जना र राष्ट्रिय माविबाट २३ जनाले परीक्षा दिएका थिए । यस्तै, यहाँको निजी विद्यालय सगुन एकेडेमीबाट आठ जनाले परीक्षा दिएकोमा नतिजा शुन्य आएको छ । चुरे गाउँपालिकाका तीनवटा विद्यालयको नतिजा शुन्य आएको छ । यहाँको जनता मावि बैसेनीबाट ३६ जना, जनता मा...

देशका बिभिन्न स्थानमा  मनसुनी वायुको प्रभाव

#
 हाल  देशभर बिभिन्न स्थान मा  मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा  बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर पूर्णतया बदली रही मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...

खोलाले बगाएका मुर्मुको शव भेटियो, एक बालकको खोजी तीव्र

#
झापाको गौरीगन्ज गाँउपालिकामा कमल खोलाले बगाएर बिहीबारदेखि बेपत्ता भएका लखिराम मुर्मुको शव भेटिएको छ।  गौरीगन्ज गापालिका माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई सानो कमल खोलाले बिहीबार दिउँसो करिब ३ बजे बगाएको थियो। प्रहरीका अनुसार नुहाउन खोलामा पसेका मुर्मुलाई खोलाले बगाएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मुर्मुको शव शुक्रबार बिहान बगाएको भन्दा पाँच सय मिटर टाढा घोप्टो परेको अवस्थामा भेटिएको हो। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैगरी बुधबार साँझदेखि बनियानी खोलामा हराएका एक बालक शुक्रबार अबेरसम्म फेला पर्न नसकेको प्रहरीको भनाइ छ। तीन दिनदेखि १२ वर्षीय मिलन बिकको अवस्था अज्ञात छ।...

कक्षा ११ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन खुल्ला

#
आज काठमाडौं महानगरपालिका, शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।  शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको हो । सूचना अनुसार चैत २०८० मा सञ्चालित एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुले १५ असारदेखि २९ गतेसम्म महानगरपालिकाको वेबसाइट अथवा इन्ट्रान्स डटकाठमान्डु डट जीओभी डट एनपी मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, कानुन विषयका लागि ४ साउन बिहान ८ बजेदेखि १० बजेसम्म छात्रवृत्ति परीक्षा सञ्चालन हुनेछ ।...

पार्किङ गरी राखेको जेसेबीमा आगलागी

#
पोखरा महानगरपालिका –८, प्रतिभा मार्गमा पार्किङ गरी राखेको जेसेबीमा आगलागी भएको छ । हिजो राति जेसिबीमा आगलागी भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ । पोखरा महानगरपालिका वडा ८ जनप्रिय स्कुल पछाडि प्रतिभा मार्गस्थित प्रतिभा मार्ग सडक निर्माणका लागि पार्किङ गरी राखेको सिम्रन कन्स्ट्रक्सन प्रा.लि. महतगौडाको जेसिबी रोलर मेसिनमा आगलागी भएको प्रहरीको भनाइ छ ।  आगलागी भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिइ गई स्थानीय व्यक्ति, नेपाल प्रहरी र दमकलको सहयोगमा राति नै १ः३५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलागीबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ...

टी-२० विश्वकप : इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

जनमत/प्रतिक्रिया
साविक विजेता इङ्ल्यान्डलाई हराउँदै भारत आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गयानामा बिहीबार राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले सजिलै हरायो । भारत तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको एक सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले २५ रन बनाउनुभयो । यस्तै ओपनर जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लिम लिभिङस्टोन ११ रन बनाउनुभयो । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले तीन तीन विकेट लिनुभयो । जसप्रित बुम्राहले दुई विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । भारतका लागिओपनर एवं कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाउनुभयो । यस्तै सूर्यकुमार य...

टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन

#
१० असार, काठमाडौं । टोखा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन गरेको छ । नगरसभाको पन्ध्रौ अधिवेशन अन्तर्गत दोश्रो बैठकमा नगर उपप्रमुख मुरारी तामांग ले संविधानको धारा २३० वमोजिम आज सो बजेट प्रस्तुत गर्नु भएको हो । नगरपालिकाको सभाहलमा सभाध्यक्ष नगर प्रमुख प्रकाश अधिकारी ,प्रशासकीय अधिकृत शेर बहादुर बि सी र नगरसभा सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा उपप्रमुख तामांगले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बजेट प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाको कूल विनियोजित बजेट रु. १ अर्व ७0 करोड मध्ये चालु तर्फ रु ६६ करोड २७ लाख ६0 हजार  (३८.९९ प्रतिशत) र पुजीगत तर्फ रु १ अर्ब ३ करोड ७२ लाख ४० हजार ( ६१.०१ प्रतिशत) रकम बिनियोजन गरेको  छ । नगरपालिकाले आगामी आर्थिक बर्षको लागि संघीय सरकारवाट प्राप्त हुने वित्तीय हस...