Wednesday, June 3

Author: News हेर्नुस्

भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद नलाग्ने

#
काठमाडौँ- भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद नलाग्ने भएको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो। सरकारका तर्फबाट गरिएको ५ बर्षे हदम्यादको प्रस्ताव हटाउने निर्णय गृहमन्त्री रमेश लेखकले समितिको बैठकमा जानकारी गराउनुभएको थियो ।  ...

काठमाडौंको एसिया प्यासिफिक स्कूल विभिन्न अवार्डबाट सम्मानित

#
विद्यालय सञ्चालनको छोटो समयमै राष्ट्रिय अन्तराष्ट्रिय अवार्डहरु जितिसकेको काठमाडौंको एसिया प्यासिफिक स्कूल पोखरामा सम्पन्न भएको नमुना संयुक्त राष्ट्रसंघको प्रदेशस्तरीय सम्मेलनमा विभिन्न अवार्डहरूबाट सम्मानित भएको छ । यही भदौ ८, ९ र १० गते भएको उक्त सम्मेलनमा गण्डकी र वाग्मती प्रदेशका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूको बौद्धिक र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक संस्था ग्लोबल हेल्प फाउन्डेसनका अध्यक्ष सञ्जीव भट्टराईले बताए । पोखरा विश्वविद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले सम्मेलनको उद्‌घाटन गर्दै यस्ता सम्मेलनले विद्यार्थीको प्रतिभा तिखारिदै जाने र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार हुने धारणा व्यक्त गरे । पोखराका विभिन्न नगरपालिकाका मेयर वडा अध्यक्षहरु र अन्य शैक्षिक व्यक्त्विहरूको उपस्थिति रहेक...

बाराको जीतपुरसिमराका बस्ती तथा टोल डुबानमा, धेरै मात्रामा भौतिक क्षति

#
बारा- अविरल वर्षाले गर्दा आएको बाढीले जीतपुरसिमरामा एक घर र कार बगाउनुका साथै पूरै बस्तीमा क्षति पुर्‍याएको छ ।वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ शान्तिटोलमा भाङ्ग्रे खोलाको बाढी बस्तीमा पसेको हो । स्थानीयले कारमा सबार यात्रुको उद्दार गरेका छन् । त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका-५ स्थित खाल्का टोल डुबानमा परेको छ ।अत्यधिक वर्षापछि आएको बाढीले सयौं घर रहेको बस्ती डुबानमा परेको हो । बस्ती डुबानमा परे पनि मानवीय क्षति भने भएको छैन  ।वर्षाले सोही वडामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प, स्वास्थ्य चौकी समेत डुबानमा परेको छ । अबिरल बर्षासंगै आएको बाढीले जीतपुरसिमराको सिमरा बजार, एयरपोर्ट रोड, पावर हाउस, नरबस्ती, बजनी जलमग्न बनेको छ । वर्षा रोकिएपछि बजार क्षेत्रमा आएको बाढी घटेको छ ।बर्षाले सडक जलमग्न भएपछि विद्यालयले आकस्मिक सूचना जारी गर्दै विद्यालय ब...

सुदूरपश्चिमको मौलिक गौरा पर्व आज बाट सुरु

#
कञ्चनपुर- सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने गर्दछ । एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ र  बिरुडा...

तनहुँ ऐनापहरा बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा

#
तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा हिजो भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताउनुभयो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै इलाका प्रहर...

देशभर मनसुनी वायुको प्रभाव यथावत

#
काठमाडौँ। मनसुनी वायुले  देशभरमा  प्रभाव पारी नै रहेको  छ  । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको ले मौसमी बायु को प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा ले जनाएको  छ । विभागले जनाए अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ  । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी ...

बालविवाहको समस्या गम्भीर बन्दै,भविष्यमा खतरा हुन सक्ने बिज्ञहरुको अनुमान

#
काठमाडौँ । कानूनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना, २०७८ को बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदनले ७४ हजार २७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो । यसले देशमा बालविवाहको समस्या गम्भीर रहेको देखाएको छ । तथ्यांकअनुसार २० देखि २४ वर्ष उमेर पुगेका विवाहित बालबालिकालाई सोधिएको विवाहको उमेर सम्बन्धी प्रश्नअनुसार १४.१ प्रतिशत उत्तरदाताले आफ्नो विवाह १८ वर्ष नपुग्दै भएको उत्तर दिएका छन् । जसमध्ये २१.९ प्रतिशत बालिका छन् । यसले प्रत्येक पाँचमध्ये एक बालिकाको १८ वर्षको उमेर नपुग्दै विवाह भइरहेको देखिएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को आयोजना तथा सेभ द चिल्ड्रेन र प्लान इन्टरनेशनलको सहयोगमा आयोजना गरेको 'बालबिवाह अन्त्य सम्बन्धी भए गरेको प्रयास र आगामी योजना'बारे सर...

महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार

#
 सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को बैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो । प्रतियोगितामा सहभागी अर्को टोली माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो । ...

सप्तरीमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

#
सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कन्चनरुप नगरपालिका १० बदगमामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटना स्थलमै एक र एक जनाको अस्पतालमा मृत्यु भएको छ । यसरी दुर्घटनामा मृत्यु हुनेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ३  का ४१ वर्षिय महेश कुमार मेहताको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउंँदै गरेको प्र १–०२–०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरी हरिनगरा गाउँपालिका ३ का ४२ वर्षीय जय प्रकाश मेहता गम्भीर घाईते भई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएको अबस्था ईसीजी गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डुण्डीराज न्यौपाने सञ्चारकर्मीलाई ...

मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

बायोग्राफी/अन्तर्वार्ता
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।  साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले बुधबार सदनबाट विश्वासको मत पाउनुभएको हो। विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा ३६, विपक्षमा आठ मत परेको छ। त्यस्तै एक मत तटस्थमा परेको छ। ५३ जना प्रदेश सभा सदस्य रहेकोमा ४५ जनाले मात्रै मतदानमा भाग लिनुभएको थियो। तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ।  ५३ जना प्रदेश सभा सदस्य रहेका सुदूरपश्चिम प्रदेशमा बहुमत जुटाउनको लागि २७ जनाको समर्थन आवश्यक पर्ने गर्दछ। मुख्यमन्त्री शाहले सत्तारुढ दल कांग...