Wednesday, June 3

Author: News हेर्नुस्

वडाध्यक्षले फिर्ता गरे दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार

बायोग्राफी/अन्तर्वार्ता
खोटाङ, ४ कात्तिक । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राईले दोहोरो यातायात सुविधा वापत लिएको रकम फिर्ता गरेका छन् । महालेखा परीक्षकको कार्यालयले दोहोरो यातायात सुविधा लिएको औंल्याएपछि वडाध्यक्ष राईले दोहोरो यातायात सुविधा वापत लिएको रकम फिर्ता गरेका हुन् । बेरुजु रकम ‘सुटुक्क’ असुल उपर गर्ने/गराउने जनप्रतिनिधिहरु माझ वडाध्यक्ष राईले भने सामाजिक सञ्जालमार्फत दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार ५२० रुपैयाँ राजश्व शाखामा जम्मा गरेको जानकारी दिएका छन् । राई २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । महालेखाले आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिबेदनमा दोहोरो यातायात सुविधा लिएको भन्दै वडाध्यक्ष राई सहिन नौ जना गाउँ तथा नगरसभाका सदस्यहरुबाट दोहोरो सुविधा वापत लिएको रकम असुल गर्नुपर्ने औंल्याएको थियो । गाउँ तथ...

खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र

बायोग्राफी/अन्तर्वार्ता
खोटाङ, ३० असोज । खोटाङबासीले खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई गुहारेका छन् । असोज १२ गते सुनकोसीमा आएको बाढीका कारण फोक्सिङटारको पुल बगेपछि निम्तिएको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र बुझाएको हो । असोज २३ गते प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)को समन्वयमा काठमाडौंमा सम्पन्न सर्वदलीय-सर्वपक्षीय बैठकको निर्णय अनुसार असोज ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण–पत्र बुझाउँदै फोक्सिङटारमा तत्काल पुल बनाएर प्राकृतिक नाकाबन्दी तोड्न आग्रह गरिएको युवा नेता अरुण चाम्लिङले जानकारी दिए । खोटाङबासीकातर्फबाट प्रधानमन्त्रीलाई प्रतिनिधिसभा सदस्य राईले ध्यानाकर्षण–पत्र बुझाएका थिए । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज बाढीले बगाएपछि उदयपुर र खोटाङको सिधा यातायात सम्प...

इशान बशन्तको ‘नजिक–नजिक आउन तिमी’ सार्वजनिक (भिडियो सहित)

#
भिडियो-काठमाडौं, ३० असोज । संगीत सर्जक इशान बशन्त लामाको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानको ‘नजिक–नजिक आउन तिमी’ बोलको गीत बजारमा आएको हो । चार मिनेट ५१ सेकेण्ड लामो गीतलाई इशान बशन्त लामा अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रोमान्टिक लभ सङमा स्वयं इशानको शव्द, संगीत र स्वर रहेको छ । गीतको एरेञ्जर सन्जय हमाल र रेकर्डिस्ट अजय अधिकारी हुन् । मिक्सिङ/मास्टरिङ पनि अजय अधिकारीले नै गरेका छन् । केही समयपछि ‘नजिक–नजिक आउन तिमी’को म्यूजिक भिडियो तयार पार्ने गायक तथा संगीतकार इशानले बताए । संगीतका क्षेत्रमा समर्पित इशानको यसअघि दर्जनौं गीत बजारमा आइसकेको छ । ‘आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हुँ, बुद्धम शरणम गच्छामी’ लगायतका बोलको गीत उनका रुचाइएका गीत हुन् । गायक इशान डेढ दशकदेखि औपचारिकरुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन् । भ...

खोटाङको पुन : निर्माणमा संयुक्त पहल गर्ने सर्वदलीय निर्णय

बायोग्राफी/अन्तर्वार्ता
काठमाडौं, २४ असोज । खोटाङका राजनीतिक दलले भिषण बाढी तथा पहिरोको कारण क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि सहकार्य गर्ने निर्णय गरेका छन् । गत असोज ९ गतेदेखि असोज १२ गतेसम्मको भिषण वर्षाका कारण क्षतिग्रस्त संरचना पुःननिर्माणका लागि प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)को समन्वयमा असोज २३ गते काठमाडौंमा सम्पन्न सर्वदलीय बैठकले संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको हो । ‘जस लिन’का लागि तछाडमछाड गर्ने परिपाटी विपरित सर्वदलीय बैठकले प्रतिनिधिसभा सदस्य राईको संयोजकत्वमा एक साझा समिति बनाएर पुःननिर्माण तथा दिगो बिकासका लागि आवश्यक निकायमा ध्यानाकर्षण–पत्र बुझाउने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य राईको संयोजकत्वमा प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, प्रदेश मन्त्री भुपेन्द्र राई, पिके राई, संविधानसभा सदस्यहरु, पुर्व सांसदहरु, पुर्ब प्रदेश सांसद तथा मन्त्रीहरु, खोटाङका राजनैतिक दलका प्रति...

सिम्पानीमा श्रमदानमार्फत सडक मर्मत

#
खोटाङ, २४ असोज । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा सडक मर्मत गरिएको छ । गत असोज १२ गतेको भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सिमपानी–कात्तिके सडक नेकपा एमाले वडा कमिटि सिम्पानीको अगुवाईमा श्रमदान मार्फत मर्मत गरिएको हो । जताततै पहिरो खसेका कारण र खाल्डाखुल्डी भएका कारण अवरुद्ध सडकमा कम्तीमा बाईक हिँडाउन मिल्नेगरि मर्मत गरिएको छ । बजार र गाउँबिचको टुटेको सम्पर्क पुःन जोड्नका लागि सडक मर्मत गरिएको नेकपा एमाले वडा कमिटिका अध्यक्ष सुवास खड्काले बताए । दशैंतिहार भित्रिँदा समेत स्थानीय सरकारले सडक मर्मत नगरेका कारण श्रमदान जुटाएर मर्मत गरिएको एमाले वडा कमिटिले जनाएको छ । एमाले पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, एमाले खोटाङका उप–सचिव राजन बञ्जारा, पालिका कमिटि अध्यक्ष बिकास राई लगायत ५०/६० जनाको सहभागीतामा सडक मर्मत गरिएको हो । यस्तै, स्थानीयले सिमपानी बजार र स्व...

बाढीले क्षतिग्रस्त धाप्लाङघाट झोलुङ्गे पुल मर्मत

#
खोटाङ, २२ असोज । खोटाङमा सुनकोसीमा आएको बाढीले क्षतिग्रस्त बनेको झोलुङ्गे पुल मर्मत गरिएको छ । गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटको झोलुङ्गे पुल मर्मत गरिएको हो । बाढीले आवत–जावत गर्नै नमिल्नेगरि पुलको लट्ठा चुँडिनुका साथै दायाँ–वायाँको तार जाली बगाएर भ्वाङ परेको थियो । पुलको बिच भागको तारजाली बगाएपछि हिँडडुल नै ठप्प भएको थियो । असोज १४ गते सामान्य मर्मत गरेर आवत–जावत गर्न मिल्ने बनाइएको पुल असोज १९ गते थप मर्मत गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताए । पुल मर्मतका लागि गाउँपालिकाले तार उपलव्ध गराएको थियो । मिस्त्री लगाएर तारजाली मर्मत गर्न भनिए पनि धाप्लाङघाटका स्थानीयले श्रमदान गरेर भ्वाङ परेको तारजाली टालटुल गरेका छन् । पुलको तारजाली टालटुल पारेपछि बाईक हिँडाउन ...

‘गाडी भासिने’ चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत

#
खोटाङ, २१ असोज । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा खण्ड मर्मत गरिएको छ । भारी वर्षाका कारण हिलाम्मे हुँदा सवारी साधनलाई आवत–जावत गर्न कठिन भएपछि जिल्ला समन्वय समिति खोटाङको समन्वय र नेतृत्वमा मर्मत गरिएको हो । असोज १८ गतेदेखि २० गतेसम्म चखेवाभञ्ज्याङ–सेखुवा खण्डको अधिक समस्या भएको ठाउँमा माटो सहितको ढुंगा रोडा राख्नुका साथै हिलो फालिएको छ । कतिपय ठाउँमा सडकमा जमेको पानी कटाइएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । दशैं तिहारमा गाउँ आउने नागरिकलाई लक्षित गर्दै विपद व्यवस्थापन समितिको केही समयअघिको निर्णय अनुसार संयुक्त रुपमा सडक मर्मत गरिएको हो । ६ वर्षअघि कालोपत्रे भइसक्नुपर्ने सडक निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीको ढिलासुस्तीका कारण अलपत्र परेको हो । चखेवाभञ्ज्याङ–सेखुवा खण्ड साकेला गाउँपालिकाभित्र पर्छ । हाल सो सडकबाट भोजपुरका ...

मष्तिष्कघातका कारण सिकिस्त एल्जिनालाई ३ लाख २३ हजार प्रदान

#
खोटाङ, २० असोज । मष्तिष्कघातका कारण सिकिस्त बिरामी परेकी ६ वर्षीय एल्जिना परियारको उपचारका लागि तीन लाखभन्दा बढी आर्थिक सहयोग जुटाइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, कात्तिकेकी एल्जिनाको उपचारका लागि १४१ जना दाताबाट ३ लाख २३ हजार ४४० रुपैयाँ सहयोग जुटाइएको हो । मष्तिष्कघातका कारण देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट पिडित एल्जिनाको सहयोगका लागि बराहापोखरी सेवा समाज काठमाडौंको ‘ब्यानर’मा सहयोग अभियान सञ्चालन गरिएको थियो । विपन्न परिवारका एल्जिनाको उपचार गर्ने खर्च अभाव भएपछि भदौ ९ गतेदेखि सुरु गरिएको ‘एल्जिना परियार बचाऔं अभियान’ असोज १७ गते समापन गरिएको छ । एल्जिनाको उपचारार्थ संकलन भएको रकम बुवा मनोज परियारको खातामा जम्मा गरिएको अभियानका संयोजक एबं बराहापोखरी सेवा समाजका सल्लाहकार इन्द्रबहादुर लिमेलले जानकारी दिए । एल्जिनाको ‘जीवन बचाउ’का लागि बराहापोखरी सेवा समाजमा आ...

फोक्सिङटार पुल निर्माणका लागि प्रचण्डलाई ध्यानाकर्षण–पत्र

बायोग्राफी/अन्तर्वार्ता
खोटाङ, २० असोज । वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारी खोटाङले बाढी पहिरोका कारण क्षतीग्रस्त भौतिक संरचना तत्काल निर्माणका लागि पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । प्रचण्डलाई संयुक्त ध्यानाकर्षण–पत्र बुझाउँदै वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारीले जिल्लाको क्षतीग्रस्त पुल, सडक लगायतका भौतिक संरचना तत्काल निर्माणका लागि पहल कदमी उठाउन आग्रह गरेका हुन् । वाइसिएल नेपाल र अखिल क्रान्तीकारीले खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको मोटरेल पुल, मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड, विभिन्न नदी तथा खोलामा बनाइएको झोलुंगेल पुल क्षतीग्रस्त भएको जानकारी गराएको छ । विपदको समयमा प्रदेश सरकार र स्थानीय सरकारले चासो दिए पनि पर्याप्त हुन नसकेको भन्दै दुई संगठनले राज्यको संयन्त्रहरुको साथ र हातेमालोको आवश्यकता...

ठाउँ–ठाउँमा पहिरो खसेपछि हलेसी–जयराम सडक अवरुद्ध

भनाइ/विचार
खोटाङ, १८ असोज । खोटाङ, १८ असोज । ठाउँ–ठाउँमा पहिरो खसेपछि खोटाङको हलेसी–जयराम सडक अवरुद्ध भएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने हलेसी–जयराम सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अहिले जेसिभि प्रयोग गरेर बडहरेतर्फबाट सडकको पहिरो पन्छाउन थालिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ । दशैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातभर अलपत्र परेका थिए । करिब ३ बजेसम्ममा पहिरो पन्छाइसकेर सडक सुचारु गराइने इलाका प्रहरी कार...