फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालन : खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सञ्जालमा जोडियो
खोटाङ, २७ पुस । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । गत असोज–१२ गते आएको भीषण बाढीले मोटरेबल पक्की पुल बगाएपछि त्यसको वैकल्पिक व्यवस्थापन गर्न अस्थायी बेलिब्रिज जडान गरिएको हो ।
खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सीमानामा पर्ने फोक्सिङटारमा रु एक करोड दुई लाख ९४ हजार ६७७ लागतमा सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजना कार्यालयका प्रमुख पशुपति ज्ञवाली जानकारी दिनुभयो । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्न प्रमुख मार्गमा पर्ने फोक्सिङटारमा ५० मिटर लम्बाई र साढे तीन मिटर चौडाई रहेको अस्थायी बेलिब्रिज आरएन कन्स्ट्रक्सन मल्टिपर्पोज प्रा.लि. उदयपुर कटारीले जडान गरेको हो ।
हिउँदभर करिब छ महिना सञ्चालन हुने अस्थायी बेलिब्रिज आज (शनिबार) कोशी प्रदेश स...
