Saturday, August 1

पत्रकारको न्यूनतम् पारिश्रमिक समयानुकूल वृद्धि हुनुपर्नेमा पत्रकारहरुको जोड

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ माघ । पत्रकारको न्यूनतम् पारिश्रमिक समयानुकूल वृद्धि हुनुपर्नेमा खोटाङमा क्रियाशील पत्रकारहरुले जोड दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आज (शुक्रबार) दिक्तेलमा आयोजना गरेको श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले लामो समयअघिदेखि कार्यान्वयन हुँदै आएको न्यूनतम् पारिश्रमिक समयानुकूल संशोधन गरेर वृद्धि गर्ने काम नहुँदा समस्या भएको बताएका छन् । कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले न्यूनतम् पारिश्रमिक निर्धारण समितिले मोफसलमा रहेर पत्रकारिता गरिरहेका पत्रकारलाई समेत सम्बोधन गर्नेगरी ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ । “मोफसलमा रहेका पत्रकारहरु कसरी पत्रकारिता गरिरहेका छन् भन्ने विषयमा सम्बन्धित सञ्चार गृह तथा न्यूनतम् पारिश्रमिक निर्धारण समितिसमेत बेखबर छन् । मोफसलमा...

माओवादी केन्द्र खोटेहाङ गाउँपालिका पार्टी अध्यक्षमा पुनः दीपेन थुलुङ

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिको अध्यक्षमा पुनः दीपेन थुलुल दोहोरिनुभएको छ । माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कार्यसमितिको आज (बिहीबार) सम्पन्न दोस्रो पालिका सम्मेलनले थुलुङलाई दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिएको हो । सर्वसम्मत् चयन गरिएको ३५ सदस्यीय गाउँपालिका कार्यसमितिको उपाध्यक्षमा ईन्द्रहाङ किराँती र सुरेन्द्र अधिकारी, सचिवमा किरण राई, सहसचिवमा पारस राई र कोषाध्यक्षमा कमला विश्वकर्मा चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सम्मेलनका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काम्बाङले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ । सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता काम्बाङले नेपालमा श्रमजीवि वर्गको पार्टी नेकपा (माओवादी केन्द्र)मात्रै रहेको बताउनुभएको छ ...

मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ : आसपासका स्थानीय तहमा महोत्सव नै महोत्सव

कला/साहित्य, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ माघ । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा शुरुवात गरिएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सीमानामा पर्ने चखेवाभञ्ज्याङमा मङ्गलबार आयोजित एक कार्यक्रमबीच भ्रमण वर्षको औपचारिक उद्घाटन गर्नुभएको हो । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास पर्ने विभिन्न स्थानीय तहहरुले आ–आफ्नो अनुकूल महोत्सवहरु आयोजना गरेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई भव्यरुपमा सफल बनाउन आसपासका स्थानीय तहहरुमा सिजनअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको आयोजक आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो । भ्रमण वर्षको...

हलेसी तुवाचुङले शुरु ग¥यो अन्तर माविस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ माघ । हलेसी तुवाचुङ नगरपालिकामा पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित प्रतियोगितामा विभिन्न १५ विद्यामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिएको हो । हलेसी तुवाचङ नगरपालिका–१० अर्खाैलेस्थित सालपा खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले औपचारिकरुपमा गर्नुभएको छ । नगरप्रमुख विमला राईको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख रमेश राउत, वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खेलकुदकर्मी, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको छ । प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले राष्ट्रपति ...

पत्रकार महासङ्घ खोटाङले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ माघ । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । दिक्तेलस्थित पत्रकार महासङ्घ शाखा खोटाङको कार्यालयमा आज (मङ्गलबार) बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा क्रियाशील पत्रकारहरुलाई पत्रकारिता पेशामै टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पत्रकार पेन्सन कोष स्थापना गर्ने निर्णय गरिएको पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताउनुभयो । “पत्रकारिता पेशा भनेको सरकारको प्रतिपक्षी पेशा हो । निष्पक्षरुपमा पत्रकारिता गर्ने पत्रकारलाई सरकारले कुनै सेवासुविधा दिने व्यवस्था छैन”, उहाँले भन्नुभयो, “पत्रकारले खबरदारी नगरेको खण्डमा सरकार निरङकुश बन्छ । नागरिकको आवाज सरकार समक्ष र सरकारको निर्णय नागरिकसम्म पु¥याउने पत्रका...

कफी खेती प्रवद्र्धनमा जुट्यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफी खेती प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’ अन्तरगत स्थानीय कृषकलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवद्र्धन कार्यक्रम शुरुवात गरिएको हो । नगरपालिकाले शुरुवात गरेको निक्कै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नं.–६ नेर्पामा १२ लाख तथा वडा नं. १४ बुइपामा पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् । बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको कफीका बीउ पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन् । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब १०० जना कामदार खटिएका छन् । अहिले हुर्कदै गरेका बिरुवा अबको वर्ष दिनपछि...

प्रेस सेन्टर नेपाल खोटाङको अध्यक्षमा सविना अछामे परियार चयन

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ पुस । प्रेस सेन्टर नेपाल खोटाङको अध्यक्षमा सविना अछामे परियार चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आज (सोमबार) साँझ सम्पन्न सङ्गठनको पाचौँ जिल्ला अधिवेशनले यसअघि सचिव रहनुभएकी अछामे परियारलाई जिल्ला अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो । समितिको उपाध्यक्षमा दिनेश राई, सचिवमा ज्ञानेन्द्र विश्वकर्मा र सहसचिवमा तीलक साम्पाङ चयन हुनुभएको छ । पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिको कोषाध्यक्ष भने, अब बस्ने जिल्ला कार्यसमितिको पूर्ण बैठकले चयन गर्ने सहमति गरिएको नवनिर्वाचित अध्यक्ष अछामे परियारले जानकारी दिनुभयो । समिति सदस्यहरुमा चित्रकुमार श्रेष्ठ, पुस्कल राई, युवराज राई, नवीन सुनाम, दीक्षा राई र नारदमणी राई चयन हुनुभएको छ । अधिवेशनले रामधन राई र अशल चरित्र राईलाई प्रदेश प्रतिनिधि तथा सुर्य तामाङ र केदार मगरलाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ । नेपाल कम्...

मौलिक संस्कार÷संस्कृतिको जगेर्ना गर्न ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना

कला/साहित्य, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरेको छ । चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनसँगै कला, साहित्य र मौलिक संस्कार÷संस्कृतिको जगेर्ना गर्नका लागि नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय स्थापना गरेको हो । दिक्तेलबजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्सको पाँचवटा कोठामा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज (सोमबार) औपचारिकरुपमा उद्घाटन गर्नुभएको छ । सङ्ग्रहालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार÷कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा नगरपालिकाले शुरुवात गरेको काम प्रशंसनी...

माओवादी केन्द्र दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा किसान राई ‘दोबालिछा’

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यसमितिको अध्यक्षमा किसान राई ‘दोबालिछा’ चयन हुनुभएको छ । डाँडागाउँमा आइतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो गाउँपालिका सम्मेलनले राईको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । गाउँपालिका अध्यक्षमा चयन हुनुभएका राई योङ कम्युनिष्ट लिग (वाईसियल)का जिल्ला संयोजक समेत हुनुहुन्छ । माओवादीको दिप्रुङ चुइचुम्मा गाउँपालिका सम्मेलनले अधिकांश युवा पुस्तालाई गाउँपालिका कार्यसमितिमा चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण राई, कर्ण राया र विजय राई, सचिवमा अरुण राई, सहसचिवमा सुनिता राई र कोषाध्यक्षमा प्रमिला विश्वकर्मा चयन हुनुभएको छ । गाउँपालिका कार्यसमिति चयन हुनुभएका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर का...

नेपाल मगर विद्यार्थी सङ्घ खोटाङको अध्यक्षमा वीरेन्द्र मगर चयन

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ पुस । नेपाल मगर सङ्घ खोटाङको अध्यक्षमा वीरेन्द्र मगर चयन हुनुभएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा आज (शनिबार) सम्पन्न मगर विद्यार्थी सङ्घको दोस्रो जिल्ला सम्मेलनले वीरेन्द्र मगरको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रदीप लुङ्गेलीमगर, सचिवमा यानुकला थापामगर, सहसचिवमा रमिला खपाङ्गीमगर र कोषाध्यक्षमा गङ्गा पुलामीमगर चयन हुनुभएको छ । सदस्यहरुमा नवीन रानामगर, मुकेश रानामगर, धनकुमार पूर्वछानेमगर, रवि रानामगर, सजना मगर, ममता मगर, राधा मगर, तुलशा मगर, अनुशा मगर, लक्ष्मी थापामगर, रेणुका थापामगर, जमुना बलम्पाकीमगर, रमिला खपाङ्गीमगर, मनोज खपाङ्गीमगर, सुजता रानामगर र कला खपाङ्गीमगर चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल मगर विद्यार्थी सङ्घका केन्द्रीय सदस्य एवम् प्रदेश ईन्चार्ज प्रका...