पाँच पटक सभापति बनिसकेका बस्नेतलाई हराउँदै जोशी बने रेडक्रस खोटाङको सभापति
खोटाङ, १ फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका जिल्ला सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित हुनुभएको छ । पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सक्नुभएका अर्का उम्मेदवार कुमारसिं बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।
नेपाली काँग्रेस खोटाङका जिल्ला सचिवसमेत रहनुभएका जोशीले ८१ मत ल्याएर रेडक्रस सभापतिमा विजयी हुँदा बस्नेतले जम्मा ४० मतमात्र प्राप्त गर्नुभएको छ । दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएका जोशीले अघिल्लो अर्थात् ११ औँ जिल्ला अधिवेशनमा बस्नेतलाई १२ मतले पराजित गर्नुभएको थियो ।
रेडक्रस खोटाङको १२ औँ जिल्ला अधिवेशन अन्तरगत माघ–३० गते साँझ भएको निर्वाचनमा महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी हुनुभएको छ । आचार्यले ७० मत तथा बस्नेतले ४५ ल्याएर ...
