‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न, स्थानीयवासी उत्साहित
खोटाङ, २ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न भएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसर पारेर नगरपालिकाले वैशाख–१ र २ गते पर्यटकीयस्थल हुर्लुङमा आयोजना गरेको दुई दिने महोत्सव सम्पन्न भएको हो ।
संसारकै लोपोन्मुख वन्यजन्तुको सूचिमा रहेको रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वैशाख–१ र २ गते महोत्सव आयोजना गरिएको थियो । दुई दिने महोत्सवको अवसर पारेर ‘रेडपाण्डा तथा थार रुट’को शुभारम्भ तथा नक्सासमेत सार्वजनिक गरिएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङबाट रुपाकोट हुँदै बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामाकरण गरिएको छ । रेडपाण्डा तथा थार रुटको औपचारिक शुभारम्भ अभिनेता एवम् म...
