दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिलाले जित्यो छैटौँ संस्करणको उपाधि
खोटाङ, १० जेठ । खोटाङको दिक्तेल बजारमा सम्पन्न ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को उपाधि बाक्सिला फुटबल क्लब बाक्सिलाले जितेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नुनथला स्पोर्टस् क्लब नुनथलालाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै बाक्सिला फुटबल क्लब बाक्सिलाले रु दुई लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्रसहित छैटौँ संस्करणको उपाधि जितेको हो ।
खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा उपाधि विजेता बाक्सिलाका १४ नं. जर्सीका खेलाडी सुजन माझी एक्लैले नुनथलाविरुद्ध चार गोल गर्नुभएको थियो । फाइनल खेलको पहिलो हाफमा ३–० गोलको अग्रता लिएको बाक्सिलाले दोस्रो हाफमा पुनः ३–० गोल गर्दै छैटौँ आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो ।
प्रतियोगितामा उपविजेता बनेको नुनथला स...
