वाईसिएल नेपालको केन्द्रीय सचिवमा खोटाङकी प्रविणा राई चयन
खोटाङ, २४ जेठ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको केन्द्रीय सचिवमा खोटाङकी प्रविणा राई चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएल नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा खोटाङकी राई वाईसिएल नेपालको महिला केन्द्रीय सचिवमा सर्वसम्मत् चयन हुनुभएको हो ।
वि.सं. २०६७ सालमा पब्लिक युथ क्याम्पस धोबीचौर काठमाडौँको अखिल क्रान्तिकारी क्याम्पस इकाई कार्यसमिति सदस्यबाट राजनीति शुरु गर्नुभएकी राई राजधानी केन्द्रित पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ । वि.सं. २०७५ सालदेखि वाईसिएल नेपालमा आवद्ध हुनुभएकी राई तीन कार्यकाल केन्द्रीय सदस्य हुनुभएको थियो ।
महाधिवेशनमा खोटाङबाट केन्द्रीय सचिवालय सदस्यमा किसान राई ‘दोबालिछा’, केन्द्रीय सदस्यमा सुदीप राई ‘बाङ्देल’ र उमेर समूहबाट केन्द्रीय सदस्यमा प्रविण राई चयन हुनुभएको छ । राज...
