शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिताको उपाधि रतन्छाको पोल्टामा
खोटाङ, ३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’को उपाधि साकेला गाउँपालिका–२ रतन्छाले चुमेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताको आज (सोमबार) सम्पन्न फाइनल खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ४–१ गोल अन्तरले पराजित गर्दै रतन्छाले उपाधि चुमेको हो ।
जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएको वडास्तरीय फुटबल प्रतियोगितामा केपिलासगढी गाउँपालिका–३ बास्पानी र साकेला गाउँपालिका–५ मात्तिमले सेमिफाइनलिष्टमा चित्त बुझाएको छ । स्थानीय दोर्पा खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट दुईवटा टोलीले नगद पुर...
