हलेसी तुवाचुङको आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु
खोटाङ, ६ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु गरिएको छ । वडा नं. ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको नगरपालिकाको सेवालाई व्यवस्थित बनाउने उद्देश्यले प्रशासनिक भवन निर्माणको काम सुरु गरिएको हो ।
आधुनिक प्रविधि अपनाएर निर्माण गरिने प्रशासनिक भवन निर्माणका लागि नेपाल सरकार, शहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा रु पाँच करोड ८७ लाख १८ हजार १३० बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणको जिम्मा लिएको प्रशासनिक भवन १८ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माणको काम सुरु गरिएको हो ।
स्थानीयले निःशुल्क उपलब्ध गराएको नगरपालिकाको आफ्नै जग्गामा निर्माण सुरु गरिएको प्रशासनिक भवन नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले आज (शनिबार) औपचारिक...
