श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङले मङ्सिर–२७ गते दिक्तेलको सभालाई सम्बोधन गर्नुहुने
खोटाङ, २५ मङ्सिर । श्रम संस्कृति पार्टी खोटाङले यही मङ्सिर–२७ गते (शनिबार) दिक्तेल बजारमा आमसभा गर्ने भएको छ । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गर्न लागिएको आमसभालाई पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’, महासचिव आर्यन राई लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुहुने श्रम संस्कृति पार्टीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
जनतासँग प्रत्यक्ष भेटघाट तथा राजनीतिक जागरुकता अभिवृद्धिका लागि पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा बृहत् आमसभ ागर्न लागिएको जिल्ला संयोजक प्रताप राईले जानकारी दिनुभएको छ । “बृहत आमसभामा साँस्कृतिक झाँकीसहितको ¥याली, साकेला सिली प्रदर्शनी, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको प्रस्तुति लगायतका कार्यक्रम गरिनेछ । कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तहका नेता तथा कार्यकर्ता सहभागी हुनेछन्”, उहाँले भन्नुभयो, “खोटाङमा श्रम संस्कृति पार्टीक...
