एमाले महाधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न विद्यार्थी सङ्गठनको माग
खोटाङ, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुलाई कारबाही गर्न खोटाङका दुई विद्यार्थी सङ्गठनले माग गरेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियू खोटाङले शिक्षा विकास तथा समन्वय ईकाई खोटाङमा आज (आईतबार) ध्यानाकार्षणपत्र बुझाउँदै एमाले महाधिवेशनमा सहभागी शिक्षक तथा कर्मचारीहरुलाई कानूनी कारबाहीको माग गरेको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङका अध्यक्ष डार्विन चाम्लिङ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन खोटाङका सचिव रेसजोन राईले हस्ताक्षर गर्नुभएको पत्रमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा सञ्चालित समाज सेवा आधारभूत विद्यालयका प्रधा...
