प्रतिनिधिसभामा कृषकको आवाज बन्न मैले उम्मेदवारी दिएको हो : डा. हरि रोका
कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ७ माघ । बाम तथा अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकाले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवारी दिनुभएका डा. रोकाले कृषकहरुको आवाज बनेर आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभएको छ ।
“म चार वर्षदेखि गाउँमै कृषि गरिरहेको मान्छे हुँ, मेरो मन बदलिएको छैन । अहिले पनि म किसान नै हुँ”, उम्मेदवारी दर्तापछि पत्रकारहरुसँगै प्रतिक्रिया दिनुहुँदै उहाँले भन्नुभयो, “अहिले म कृषकहरुको माझमा बसेर हलो कोदालो चलाइरहेको छु, मेरो उम्मेदवारी कृषकहरुकै पक्षमा हुनेछ ।”
संविधानसभा सदस्यसमेत रहनुभएका डा. रोकाले हामीले कस्तो खालको कृषि गरियो भने उन्नति हुन्छ र कस्तो नीति चाहिन्छ भनेर आफूले अनुभव गरिरहेको बताउँदै निर्वाचन जितेपछि कृषककै पक्षमा जहिले पनि बोल्ने र लागिरहने बताउनुभएको छ । डा. रोकाले सामान...
