Friday, June 5

रेडियो/टीभी बुलेटिन

महरालाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
काठमाडौँ- सुन तस्करी छानविन आयोगको प्रतिवेदनले दोषी ठहर गरेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित अन्यलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिनु भएको छ । गृहमन्त्री लामिछानेले आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआईबीका प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिनु भएको हो । जाँचबुझ आयोगको प्रतिवेदन अनुसार गृहमन्त्रीले कार्वाही गर्न निर्देशन दिनु भएको हो । यसैवीच आयोगको प्रतिवेदन प्रहरीले बुझेको छ । प्रतिवेदन बुझेको सिआइवी प्रमुख ज्ञवालीले जानकारी दिनु भएको छ । त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसवारी छाला तथा जुत्ता कारखानाको जग्गा फिर्ता ल्याउने प्रकृया शुरु गर्न पनि निर्देशन दिनु भएको छ । त्यस क्रममा बाँसवारी छाला तथा जुत्ता कारखाना प्रकरणमा संलग्न उद्योगपति विनोद चौधरीको पनि...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टीतेलमा २ रुपैयाँ मूल्य घटाएको नेपाल आयल निगमले जानकारी दिएको छ । भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा,  दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ कायम गरिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।...

त्रिविको लापरबाही

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ । कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि विवादित भएको । त्रिविले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रोइकोनोमिक्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने उल्लेख छ । कार्यालयले मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे स्नातक तहको चौथो वर्षको परीक्षा तालिका शुक्रबार सार्वजनिक गरेको हो ।...

राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायण दाहाल पहिलो बैठक सञ्चालन

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रिय सभाको पहिलो बैठक सञ्चालन गर्नुभएको हो । अध्यक्ष दाहालले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुने कार्यसूची रहेको छ । त्यस्तै, अध्यक्षले विषयगत समितिमा रहनुहुने सदस्यहरूको नाम हेरफेर तथा मनोनयन गर्नुहुने, अध्यक्षले राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिको पदको निर्वाचनको दिन तोक्नुहुने र आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।...

इजरायलमा मेनपावर व्यवसायीले समेत कामदार पठाउन पाउने

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
इजरायलले मेनपावर व्यवसायीमार्फत समेत नेपाली कामदार लैजाने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । इजरालयमा हाल जी–टु–जी मार्फत (सरकार–सरकार) मात्रै नेपाली कामदार जाने गरेका थिए । अब भने मेनपावर व्यवसायीमार्फत समेत नेपाली श्रमिकहरू इजरायल जान पाउने भएका हुन् । इजरायलका कृषि, निर्माण, उत्पादनमूलक क्षेत्र लगायतमा मेनपावर व्यवसायीले नेपाली कामदार पठाउन पाउने भएका हुन् । यसअघि केयर गिभरमा सरकारले मार्फत कामदार पठाउँदै आएको थियो । कामदारको अभाव देखिएपछि इजरायले नेपालबाट १० हजार भन्दा बढी कामदार लैजाने प्रस्ताव पटक पटक गर्दै आएको थियो । सोही आधारमा पहिलो चरणमा ५ हजार भन्दा बढी नेपाली कामदार लैजान लागेको हो । त्यसका लागि मेनपावर व्यवसायीमार्फत डिमान्ड पठाउनेछ । र वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ । श्रम, रोजगार तथा सामा...

प्रधानमन्त्री निवास बालुवाटारमा पाँच राजनीतिक दलबिच सात बुँदे सहमति

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) का बिच सात बुँदे सहमति भएको छ । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरूबिच सो सहमति भएको हो । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबिच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्ने सहमत भएका हुन। यसैगरी, राष्ट्रिय सभाको रिक्त रहेको अ...

सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गर्ने बेहुलासहित पाँच जना २ दिन हिरासतमा रहने

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनामाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाई द्वय ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई पक्राउ गरी अदालतमा म्याद थप गरि अनुसन्धान गरिरहेको छ । विवादमा क्रममा पक्राउ परेका बेहुली पक्षका मानिसहरुको नाम भने गोप्य राखेको छ । सोमबार राति पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२४ स्थित सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीसँग वि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा थप निर्माणकार्य जारी

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
काठमाडौँ, फागुन २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको धावनमार्ग छुने समानान्तर ट्याक्सीवे विस्तार गर्न लागिएको छ । विस्तारका लागि निर्माणको काम सुरु भएका कारण उत्तरी क्षेत्र (बौद्ध) बाट हुने जहाज अवतरणमा तीन महिना रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी चैत १९ देखि असार १६ गतेसम्म उत्तरी दिशाबाट हुने ठुला जहाजको अवतरणमा रोक लगाइएको हो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार धावनमार्गको उत्तरी क्षेत्र (रनवे टु जिरो) मा ट्याक्सीवे जोड्ने काम गर्नुपर्ने भएकाले तीन महिनाका लागि जहाज अवतरणमा रोक लगाइएको हो । उहाँले भन्नुभयो, “धावनमार्गको एक छेउदेखि अर्को छेउसम्म (उत्तर दक्षिण) जोड्ने ट्याक्सीवे विस्तार गर्न उत्तरी दिशाबाट हुने अवतरण रोक्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधान अनुसार एरोनटिकल इन्फर्मेसन पब्लिकेसनमा सूचना ...

तनहुँबाट बन्दुक सहित सात जना पक्राउ

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
तनहुँ, फागुन २७ गते । तनहुँको शुक्ल गण्डकी नगरपालिका–११ भुस्नापुरबाट तनहुँ प्रहरीले दुई बन्दुकसहित सात जना पक्राउ परेका छन् ।शङ्कास्पद वस्तुसहित सरिप चन्द समातिएपछि सोधपुछ गरेर पछ्याउँदा दुई नाले बन्दुकसहित पाँच र एकनाले बन्दुकसहित दुई गरी सात जना जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी निरीक्षक गणेश सुवेदी नेतृत्वको टोलीले दुई वटा अवैध बन्दुकसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुई नाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुङ्गाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन् । एकनाले बन्दुकसहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन् । उनीहरूको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।...

गैर आवासीय नेपाली युवाको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
बुटवल- गैर आवासीय नेपाली युवाको लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिएको छ । अष्ट्रेलियामा आफूले गरेको कमाइबाट गुल्मीका विनोद कुँवरले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गर्नुभएको हो । उहाँले पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरेर खेल सञ्चालन गर्ने तयारी गरेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । गएको जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशालामा उद्घाटनको दिन लिजेण्ड्स कप क्रिकेट आयोजना गर्ने तयारी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले जानकारी दिनुभयो । श्रीमती सदिक्षासहित अष्ट्रेलियामा बस्दै आउनु भएका कुँवरले तिलोत्तमा नगरपालिका वडा नं १७ मा ४० करोड रूपैयाँभन्दा बढी लगानीमा रंगशाला निर्माण गरेको र खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी रहेको बताउनुभयो । मैदान उद्घाटनको दिन चार टोलीबीच तिलोत्...