भोलि मङ्गलवार सार्वजनिक बिदा दिने सरकारको निर्णय
जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
काठमाडौँ । सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।
मन्त्रीको सचिवालयका नरेन्द्र केसीका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वजनिक बिदा दिन लागिएको जानकारी दिनुभयो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।...
