व्यापक हिमपात का कारण जोमसोममा यातायात र हवाई उडान अवरुद्ध
जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
म्याग्दी– शनिवारदेखि मौसममा आएको परिवर्तनले मुस्ताङमा पनि हिमपात भएपछि जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ । जोमसोम–कोरला सडकखण्डअन्तर्गत छुसाङदेखि माथि सडकमा बाक्लो हिउँ जमेका कारण उपल्लो मुस्ताङ जाने सवारीसाधन बीच बाटोबाटै फर्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
हिमपातको कारण सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङका लागि छुटेका सवारीसाधन छुसाङदेखि माथि जान नसकेको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङ जाने सवारीसाधनहरु केही छुसाङमै रोकिएका छन्भने कतिपय सवारीसाधन मुक्तिनाथ र जोमसोमतर्फ फर्किएका छन् । यसैगरी मुक्तिनाथको झारकोटमा पनि हिउँ जमेको हुँदा ठूला गाडी मुक्तिनाथ जान सकेका छैनन् ।
मुस्ताङको छुसाङदेखि माथि सडकमा १ फिटसम्म हिउँ जमेको प्रहरीले जनाएको छ । अहिले मुस्ताङको लोमान्थाङ, मुक्तिनाथ, छोसेर, चराङ, घमी र सुर्खाङलगायत क्षेत...
