Tuesday, July 28

भनाइ/विचार

चौदण्डीगढी नगरपालिकामा सम्पन्न खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमलाई ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा आज सम्पन्न भएको खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमले जितेको छ । आज भएको फाईनल खेलमा श्रीपञ्चमी”A” टिमले आयोजक लाङ्गघाली लाफा चौकलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा श्रीपञ्चमी”A” टिमले आफ्नो दबाब कायम नै राखेको थियो । खेलको पहिलो हाफमा ३–२ ले अगाडी रहेको श्रीपञ्चमी”A” टिमले दोश्रो हाफमा थप २ गोल गर्दै बिजेता बनेको हो । श्रीपञ्चमीको तर्फबाट आसिस राईले २ तथा बिशाल राई, सागर राई र बिश्वास राईले १–१ गोल गरेका थिए । यस्तै लाङ्गघाली लाफा चौकको तर्फबाट पवन कार्कीले २ तथा नवल तामाङ्गले १ गोल गरेको आयोजकले जनाएको छ । बिजेता भएसंगै श्रीपञ्चमी”A” टिमले अन्दाजी ३० केजीको खसी, ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता लाङ्गघाली लाफा चौकले १० केजी लोकल कुखुरा सहित ट्रफी, मेडल, प्रमा...

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको फाइनलमा एभिनियर क्लब क्यामरुन र चारतारे क्लव मोरङ भिड्ने ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
उदयपुरमा चौदण्डीगढी नगरपालिकाको बसहामा जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुन फाइनल प्रबेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको दोश्रो सेमिफाईनल खेलमा एभिनियर क्लब क्यामरुनले जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिला हाफमा दुबै टिमबाट गोल हुन सकेको थिएन भने खेलको दोश्रो हाफको ४८ औं मिनेटमा एभिनियर क्लब क्यामरुनका जिकाले गोल गरेका थिए । त्यसपछि थप गोल हुनसकेन भने एभिनियर क्लब क्यामरुन जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा टाइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएको थियो । अब फाईनल खेल असोज ...

चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
चौदण्डीगढी नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । नगरपालिकाको गत हप्ता बसेको वोर्ड बैठकबाट अहिलेलाई स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको नगरपालिकाका प्रवक्ता एवंम् वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिएका छन् । आगामी मंसिरमा हुने प्रतिनीधि र प्रदेश सभाको निर्वाचन लागि आचारसंहिता लागू हुन केही दिनअघि मात्र नगरपालिकाले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको हो । नगर स्वास्थ्य शाखाका संयोजक श्रीकान्त चौधरीका अनुसार स्वास्थ्य शाखाका सह संयोजक तेज बहादुर पोखरेललाई नगर अस्पताल बेल्टारमा सरुवा गरिएकोे छ । त्यस्तै वडा नम्बर ४ स्थित बसहा स्वास्थ्य चौकीका लक्ष्मी चौधरीलाई स्वास्थ्य शाखाका सह संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै नगर अस्पताल बेल्टारका हेल्थ असिस्टेन्ट मदन कार्कीलाई बसहा स्वास्थ्य चौकीमा सरुवा गरिएको छ भने वडा नम्बर ८ बाट ...

नारदमुनी थुलुङ स्मृति गोल्डकपमा चार तारे कलब मोरङ फाइनलमा

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा चारतारे क्लव मोरङ फाइनल प्रवेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी फुटबल प्रतियोगितामा बिहीवार भएको खेलमा चर्च ब्वाइज क्लव काठमाडौलाई पराजित गर्दै चारतारे क्लब फाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुबै पक्ष् ले एक एक गोलको बराबरी गरेका थिए जस्मा खेलको पहिलो हाल्फको १७औं मिनेटमा चारतारे क्लब मोरङका अभिषेक लिम्बुले गोल गर्दै आफ्नो टिमलाई सरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको पहिलो हाफकै ३४औं मिनेटमा चर्च ब्वाइज क्लव काठमाडौका आशिष चौधरीले गोल गर्दै खेल लाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुबै टोलिबाट एक एक गोलको बराबरी खेलेसंगै खेल ट्राइबेकरमा गएको हो । ट्राइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएर फाइनलमा प्रबेश गरेको छ । ...

नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले आगामी प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी जनाएको छ । नेपाल थारु संघले हिजो एक प्रेस बिज्ञप्ती जारी गर्दै उदयपुर क्षेत्र नम्बर एकमा थारुहरुको जनसंख्या करिव एक तिहाई रहेको भएता पनि नेपाली कांग्रेस केन्दीय समितिबाट प्रतिनीधि सभा र प्रदेश सभाको गत निर्वाचनबाटै थारु उम्म्ेदवारहरुको नाम समानुपातिक र प्रत्यक्षतर्फ नसमेटिएको देखिएकोले थारु मतदाताप्रति राजनीतिक बिभेद, सामाजिक बिभेद र अन्याय गरेको ठहर गर्दै संघ र प्रदेशको समानुपातिक तर्फको बन्दसुचीमा थारु उम्मेदवारहरुको नाम समाबेश गरेर सुची सच्याउन आग्रह गरेको छ । यस्तै संघले उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा डाक्टर भोगेन्द्र चौधरी र प्रदेश सभा १ ख मा प्रत्यक्षतर्फ देवीकुमारी चौधरीलाई टिकट दिन पनि माग गरेको छ ।...