Wednesday, June 3

Author: News हेर्नुस्

गाईघाटमा मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
उदयपुर सदरमुकाम गाईघाटमा हिजो साँझ मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु र ३ जना घाईते भएका छन् । हिजो साँझ ७ बजे त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित मिलन चौकमा स १ ह २०७६ नम्बरको अटो लाई बगहाबाट गाईघाट तर्फ आउदै गरेको प्र.१–०५–००१ प २१८६ नम्बरको मोटर साइकलले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सवार त्रियुगा नगरपालिका १२ का दिलिप श्रेष्ठकी श्रीमती ४५ बर्षिय तुलसा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको छ । त्रियुगा नगरपालिकाका कर्मचारी समेत रहेका मोटर साइकल चालक दिलिप श्रेष्ठ घाइते भएका छन भने अटोमा भित्र रहेका त्रियुगा नगरपालिका ३ की ५० बर्षीया पुना सरि विक गम्भिर घाइते घाइते भएकी छिन् । विकको हात, खुट्टा, ढाँडमा चोट लागेको छ । यस्तै अटोमा रहेका १५ बर्षीय मनिस बराइली समेत घाइते भएका छन । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।...

हयाण्डबल टिमका सदस्यहरुको विदाई !

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
पोखरामा हुन गईरहेको ९औ राष्ट्रिय खेलकुद प्रतियोगीतामा चौदण्डीगढी नगरपालिकाबाट प्रदेश नम्बर १ को टिममा पर्न सफल महिला हयाण्डबल टिमका सदस्यहरुलाई नगर प्रमुख कालुमान लामाले आज बिदाई गरेका छन् । चौदण्डीगढी नगरपालिकाबाट १४ जना खेलाडीहरु मध्ये १० जना पर्न सफल भएका थिए भने टिम प्रशिक्षकमा बिदुर राई र टिम ब्यस्थापकमा सुस्मिता राई रहेका छन् । नगर प्रमुख लामाले खेलाडी र प्रशिक्षक तथा ब्यबस्थापकहरुलाई खादा लगाईदिदै जीतको शुभकामना दिएका थिए । यस्तै नगर युवा तथा खेलकुद बिकास समितिका सचिवअनुपराज खत्रीले पनि प्रदेश न.१ लाई पदक दिलाउन शुभकामना व्यक्त गरेका थिए । चौदण्डीगढीबाट महिला ह्याण्डबल टिममा पर्न सफल खेलाडीहरुमा बर्षा रौका मगर, सुनिता लोहार, प्रेक्क्षा कटुवाल, सपना बस्नेत, नमिता राउत, रक्क्षा राई, उसल राई, रिजना राई, आषिका मगर र दिपा पोखरेल रहेका छन् । त्यस्तै १४ सदस्य टिममा सुमित्रा राई र म...

दोश्रो मलिथम फुटवलको उपाधी कालिका फुटवल क्लब बेल्हालाई

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
मलिथम थारु सेवा समाज उदयपुरको आयोजनामा भएको दोश्रो मलिथम च्याम्पियनसिपकप २०७९ आज समपन्न भएकोे छ ।चौदन्डीगढी नगरपालिका वडा नम्बर –९ स्थित थान पोखरी मा बि को खेलमैदानमा आज भएको फाईनल खेलमा वडा नम्बर ५ को कालिका फुटवल क्लब बेल्हाले बेलका नगरपालिकाको रातापानी फुटवल क्लब लाई २–१ ले पराजित गर्दै उपाधी जितेको छ । उपाधीसंगै कालिका फुटवल क्लब बेल्हाले नगद ३० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र र उप बिजेता रातापानी फुटवल क्लबले नगद २० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र पाएको आयोजक ले जनाएको छ । यस्तै बेस्ट किपर कालिका फुटवल क्लबका राकेश चौधरी, बेस्ट डिफेन्डर कालिका फुटवल क्लबकै रोहित चौधरी र म्यान आफ दि म्याच पनि कालिका फुटवल क्लबकै एक्शन चौधरी भएका छन् । लागु औषध तथा दुर्ब्यशनि लाई निरुत्साहन गर्ने काममा टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरिएको यस प्रतियोगितामा कालिका,...

नेपाली कांग्रेसको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि परेन ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि समाबेश गरिएको छैन । नेपाली कांग्रेस उदयपुरको भदौं १८ गते सम्पन्न जिल्ला समितिको बैठकले संघ र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ११८ जनको नाम सिफारिस गरेको थियो भने संघतर्फ समानुपातिकका लागि झण्डै २ दर्जन नेताहरुको नाम सिफारिस गरेर पठाएको थियो । बैठकले उदयपुर क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फ सत्यनारायण चौधरी, लिलाकुमारी राई, बिरेन्द्रकुमार बस्नेत, बेचुदास चौधरी, हिरालाल ठाकुर, कलावती चौधरी, सरस्वती महतरा, सत्यनारायण झा, हिरामान मोते र मोहमद इलियास मियाँको नाम सिफारिस गरेको थियोे । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फ अर्जुनकुमार खड्का, आङपाल्दे शेर्पा, नारायण बहादुर कार्की, निर्मला न्यौपाने, पार्वती राई, पदमराज कार्की, शिवकुमार कटुवाल, हरि बहादुर खड्का, हेरम...

कुमार खड्काद्वारा उदयपुर क्षेत्र नम्बर १ क कालागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
चौदण्डीगढी नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा टिकट बाड्फाँड्मा असन्तुष्ट रहेर तत्कालिन माओवादी केन्द्रबाट अलग भएको समुहमा अन्य दलबाट पनि केही स्थानीय नेता तथा कार्यकर्ताहरु थपिएपछि उत्साहित भएको स्वतन्त्र नागरिक समाज चौदण्डीगढीले आज एक कार्यक्रमको आयोजना गरी प्रदेश सभाका लागि उदयपुर क्षेत्र नम्बर १ क मा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेको छ । बेल्टार बजारस्थित पुष्पलाल चौकमा भएको कार्यक्रमबाट समाजले तत्कालिन माओवादी केन्द्रका उदयपुर जिल्ला सदस्य कुमार खड्कालाई उम्मेदवारको रुपमा अघि सारेको छ । स्वतन्त्र नागरिक समाजको नाममा चौदण्डीगढी नगरपालिकामा आफ्नो संगठनलाई मजबुत बनाईरहेको यो समुहले छिमेकी बेलका नगरपालिकामा पनि त्यहाँका बिभिन्न पार्टीमा असन्तुष्ट रहेका तथा स्वतन्त्र गतिबिधी गरिरहेकाहरुलाई आफ्नो संगठनमा जोडिरहेको र चौदण्डीगढी र बेलकाका कार्यकर्ताहरुको भावनालाई समेट्दै प्रदेश ...

आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हिजो राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हदको सुत्र अनुसार उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारले प्रत्यक्षतर्फ ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् भने प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उम्मेदवारले प्रत्यक्षतर्फ २९ लाख रुपैयासम्म खर्च गर्न पाउने भएका छन् । त्यस्तै समानुपातिक तर्फ उम्मेदवार भएकाहरुले प्रत्येकले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै उदयपुरका दुबै क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुनेले १९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछने भने समानुपातिकमा नाम भएमा उम्मेदवारले अधिक्तम १ लाख ५० हजा...

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी एभिनियर क्लब क्यामरुनलाई ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा सम्पन्न आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुनले जितेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको अत्यन्त रोमाञ्चक खेलमा एभिनियर क्लब क्यामरुनले चारतारे फुटवल क्लब मोरङ्गलाई ट्राईबेकरमा ४–३ ले पराजित गरेको छ । यसअघि भएको निर्धारित ८० मिनेटको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेकरबाट निर्धारण गरिएको थियो । खेलको पहिलो हाफको २ मिनेट मै एभिनियरका अब्दुल्लाहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यतिर मोरङका खेलाडी अभिषेक लिम्बुले पनि गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि खेलको दोश्रो हाफको सुरुवातमै मोरङ्गले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए तर खेलको अन्तिम समयमा एभिनियरले गोल फर्काउदै टिम...

नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्य समितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्य समितिले २०७९ सालको दशै, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । बेल्टार बजारस्थित क्षेत्रिय पार्टी कार्यलयमा आज भएको कार्यक्रममा नगर कार्य समितिको पदाधिकारी, वडा सभापति, नगर भित्र रहेका प्रदेस पदाधिकारी, क्षेत्रिय पदाधिकारी, जिल्ला पदाधिकारी, महादिवेशन प्रतिनिधि, क्षेत्रिय प्रतिनिधि लगायत भातृ संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै नेताहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताउदै जीतको शुभकामना ब्यक्त गरेका थिए ।...

चौदण्डीगढी नगरपालिकामा सम्पन्न खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमलाई ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा आज सम्पन्न भएको खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमले जितेको छ । आज भएको फाईनल खेलमा श्रीपञ्चमी”A” टिमले आयोजक लाङ्गघाली लाफा चौकलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा श्रीपञ्चमी”A” टिमले आफ्नो दबाब कायम नै राखेको थियो । खेलको पहिलो हाफमा ३–२ ले अगाडी रहेको श्रीपञ्चमी”A” टिमले दोश्रो हाफमा थप २ गोल गर्दै बिजेता बनेको हो । श्रीपञ्चमीको तर्फबाट आसिस राईले २ तथा बिशाल राई, सागर राई र बिश्वास राईले १–१ गोल गरेका थिए । यस्तै लाङ्गघाली लाफा चौकको तर्फबाट पवन कार्कीले २ तथा नवल तामाङ्गले १ गोल गरेको आयोजकले जनाएको छ । बिजेता भएसंगै श्रीपञ्चमी”A” टिमले अन्दाजी ३० केजीको खसी, ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता लाङ्गघाली लाफा चौकले १० केजी लोकल कुखुरा सहित ट्रफी, मेडल, प्रमा...

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको फाइनलमा एभिनियर क्लब क्यामरुन र चारतारे क्लव मोरङ भिड्ने ।

जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
उदयपुरमा चौदण्डीगढी नगरपालिकाको बसहामा जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुन फाइनल प्रबेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको दोश्रो सेमिफाईनल खेलमा एभिनियर क्लब क्यामरुनले जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिला हाफमा दुबै टिमबाट गोल हुन सकेको थिएन भने खेलको दोश्रो हाफको ४८ औं मिनेटमा एभिनियर क्लब क्यामरुनका जिकाले गोल गरेका थिए । त्यसपछि थप गोल हुनसकेन भने एभिनियर क्लब क्यामरुन जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा टाइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएको थियो । अब फाईनल खेल असोज ...